१० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा !

२०७६ बैशाख २४ गते, मंगलवार

काठमाडौं , २४ बैशाख । संयुक्त राष्ट्रसंघको एउटा अध्ययनले पृथ्वीका करिब १० लाख जनावर र बोटविरुवाका प्रजाति लोप हुने खतरामा रहेको देखाएको छ । प्रतिवेदनले यसअघि कहिल्यै नसोचिएको गतिमा प्रकृतिमा ह्रास आइरहेको ठहर गरेको हो । मानिसका लागि चाहिने खाद्यान्न र उर्जाको माग अत्यधिक बढ्दा प्रकृतिमा रहेका १० लाख जनावर र बोटविरुवाको अस्तित्व संकटमा परेको प्रतिवेदनमा उल्लेख छ । जमिन, समुद्र तथा आकाशमा मानवीय गतिविधिको नराम्रो असर परेको प्रतिवेदनले ठहर गरेको हो ।
मानिसले प्रकृतिप्रति गर्ने व्यवहारमा परिवर्तन गर्नुपर्नेसमेत प्रतिवेदनले औंल्याएको छ । बालीनालीमा परागसेचन गराउने मौरीदेखि पानी सञ्चित गर्ने जंगलसम्ममा मानवले पुर्‍याइरहेको क्षतिबारे प्रतिवेदनले उल्लेख गरेको छ । १५ हजार सन्दर्भ सामग्री प्रयोग गरिएको र तीन वर्ष लगाइएको उक्त अध्ययन प्रतिवेदन १८ सय पृष्ठको छ । उक्त प्रतिवेदनको सारांश फ्रान्सको पेरिसमा भएको एउटा बैठकमा सार्वजनिक गरिएको हो ।-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार