ह्वाइट हाउसबाट निकालिए पत्रकार

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौं,१४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार सञ्चारमाध्यममाथि प्रहार गर्ने क्रम छाडेका छैनन् । मेरिल्याण्डमा कन्जरभेटिभ पोलिटिकल एक्सन कंग्रेसमा दिएको भाषणको सुरुमै उनले १३ मिनेटसम्म मीडियाको आलोचना गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अपुष्ट सूत्रको नाममा समाचार दिने गरेको भन्दै मीडियाको आलोचना गरेका हुन् । त्यसलगत्तै सञ्चारमाध्यम र ट्रम्पबीच मीडियाको सम्बन्धमा नयाँ टकराव देखिएको छ ।
ह्वाइट हाउसमा ट्रम्पका प्रवक्ता शान स्पाइसरले गरेको प्रेस भेटघाटमा ट्रम्पप्रति आलोचना गरिएको भन्दै बीबीसी, द न्यूयोर्क टाइम्स, सीएनएन जस्ता सञ्चारमाध्यमका पत्रकारलाई प्रवेश दिइएन र बाहिर निकालियो । यस्तो रवैयाको विरोधमा एसोसिएटेड प्रेस र टाइम म्यागेजिनका पत्रकारले पनि पत्रकार सम्मेलन बहिष्कार गरेका थिए । उनीहरुले पत्रकारलाई बाहिर निकालेकामा ट्रम्प प्रशासनको कडा आलोचना गरेका छन् ।

प्रतिक्रियाहरु