होवित्जर तोपको परीक्षण असफल

२०७४ भाद्र २८ गते, बुधबार

काठमाडौं, २८ भदौ । भारतले अमेरिकासँग किनेको एम ७७७ अल्ट्रालाइट होवित्जर तोपको परीक्षण असफल भएको छ । हालै पोकरण फायरिङ्ग रेन्जमा गरिएको परीक्षणमा उक्त तोप असफल भएको हो । सैन्यस्रोतका अनुसार परीक्षणका क्रममा तोपको गन ब्यारेल नै फुटेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भने भएको छैन । तोपको गन ब्यारेल कसरी फुट्यो भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाइएको छ । हाल यो तोपको थप परीक्षणमा समेत रोक लगाइएको छ ।
अमेरिकासँगको सम्झौता अन्तर्गत भारतले यस्ता एक सय ४५ तोप खरिद गर्ने भएको थियो । प्रत्येक तोपको मूल्य ३९ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । यो तोप हलुको र आकारमा समेत सानो भएका कारण सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिने बताइन्छ । – एजेन्सी

प्रतिक्रियाहरु