हेर्दा हेर्दै बादल गुट आत्मसमर्पणवादको आहालमा डुब्न पुग्यो – हस्तवहादुर के सी

२०७३ बैशाख १९ गते, आईतवार

पार्टी एकताको विषयलाई लिएर नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तकारी माओवादी ) भित्र बैद्य समुह र वादल समुह गरि दुई अलग अलग समुहमा विभक्त हुन पुगेका हुन् । एमाओवादी सित पार्टी एकताको एक सूत्रीय एज्ण्डाका साथ एकता गर्ने कि नगर्ने ? भन्ने एजेण्डाका साथ २०७२ चैत्र् १२ काठमाण्डैमा क्रान्तिकारी माओवादीले केन्द्रीय समितिके बैठक आह्वान गरेको छिथो । त्यस बैठकमा पार्टीको तर्फबाट पार्टी अध्यछे मोहन बैद्य किरण र पूर्व महासचिव रामवबादुर थापा ” वादल ” को फरक दस्तावेज र एमाओवादीले पठएको पार्टी एकता सम्बन्धि एउटा चिर्कटो पनि पेश गरिएको थियो । उक्त बैठकमा पार्टी को तर्फवाट किरणले अगीडी सारेको सिध्दान्तनिष्ट एकता र वादलले अगीडी सारेको विनासर्त एकताको प्रस्तावका वीच १० दिन सम्म बहस चलेको थियो ।त्यस बहसमा किरणको पक्छेमा ६० प्रतिसत र वादलको पक्छेमा ४० प्रतिसत केन्द्रीय सदस्यहरुले आ- आफ्ना बिचारहरु प्रसितुत गरेका थिए ।
क्रान्तिकारी माओवादी भित्र सिद्धानेतनिष्ट एकता की विनासर्त एकताका विषयलाई लिएर दुइ वटा अलग-अलग समुहहरनको जन्म भएको थियो । अहिले विनासर्त एमाओवादीमा पार्टी एकता गर्नु पर्दछ भन्ने वादल समुह एमाओवादीसित पद बाँड फाँड समेत गर्दै एमाओवादीका सामु सोझै आत्मसमर्पण गर्दै आत्मसमर्पणवादमा पतन हुन पुगेको छ ।
यी परिघटनाहरु कसरी परिघटित हुन पुगे त ? भन्ने विषयमा चर्चा गर्न जरूरी छ । महान जनयुध्दको नेतृत्व समेत गरेर आएको एमाओवादीको एउटा हिस्साले राष्ट्रिय तथ अन्तर्राष्ट्रिय रुपमा समेत आत्मसमर्पण गरी नवसंळोधनवादमा पतन हुन पुगेको घोषणा गर्दै तत्कालिन एमाओवादी भित्र मोहन बैद्य किरणको नेतृत्वमा संचालित क्रान्तिकारी विचार समुहले २०६९ असार २-५ गते सम्पन्न बौध भेलावाट एमाओवादीसित सम्बन्ध विच्छेद गर्दै नयाँ ढंगको क्रान्तिकारी पार्टी नेपाल कम्युनिस्ट पार्टी – माओवादीको गठन गरेको थियो ।र ड्यास मीओवादीले ३०६९ माघ १ गते सम्पन्न सातौ महाधिवेशनबाट नयाँ जनवादी क्रान्तिको कार्यक्रम पारित गर्दै जनयुध्दको जगमा जनविद्रोहको सामरिक कार्यदिशा पारित गरेको थियो र यो नेपाली क्रान्तिको क्रान्तिकारी कार्दिशा तथा कार्यक्रम थियो । तर उता एमीओवीदीले भने जनवीदी क्रान्तिका बँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्ति पुरा गर्ने भन्ने नेपालको सन्दर्भमा संशोधनवीदी कार्यदिशा पारित गरेपछि अनाओवादी र ड्यास माओवीदीको वीचको दूरी अरू फराकिलो बन्न पुगेको थियो । तर एकातीर प्रचण्डले ड्यास माओवादीसंगको पार्टी एकताको ढ्वांग फुकिरहने र अर्कोतीर ड्यास माओवादीलाई पनि महान नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति पनि विभाजित माओवादी आन्दोलनलाई एकीकृत गर्न जरुरू थियो । त्यसो भएर एमाओवादीसित पार्टी एकताका लागी ६ बुँदे प्रस्ताव अगाडी सारेको थियो । यी हुन् ६ बुँदे प्रस्तावहरू : –
(१) माकर्सवाद- लेनिनवाद-माओवादलाई मार्गदर्शक सिध्दान्त मान्ने ।
(२) संसदवादको विरोध गर्ने ।
(३) जनवादी केन्द्रीयताको सिध्दान्तलाई पालना गर्ने ।
(४) इतिहासको समिछा गर्न मञ्जूर हनने ।
(५) नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई स्वीकार गर्ने ।
(६) आत्मआलोचना- आलोचनाको पध्दतिको सिध्दान्तलाई अवलन्वन गर्ने ।
यी माथि उल्लेखित ६ बुँदे प्रस्ताव ड्यास माओवादीले एमाओवादीलाई पार्टी एकताका लागी पठाएको थियो । तर एमीओवादीले ५ वटा प्रस्तावहरु स्वीकारन तयार छौ तर नयाँ जनवादी क्रान्तिको कार्यक्कम स्वीकारन तयार छैनौ, छलफल र संवाद गर्न तयार छौ भन्ने जवाफ ड्यस मीओवादीलाई पठाए पछि अकताको हल्ला कतिखेर मन्द र कति खेर उग्र भएर आउने गरेको थियो।
तल तल दुबै पार्टीका कार्यकर्ताहलु र जनताको चहाना पार्टी एकताको पक्छेमा प्रबल रहेको एमाओवादी ए अधेक्छे प्रचण्डले एकताको डम्फू बजाई रहने र एता क्रान्तिकारी माओवादीका केही नेताहसु पनि प्रचण्डले बजाएको डम्फूको तालमा नाँचिरहने स्थिति पैदा हुदै गएपछि क्रान्तिकारी माओवादीले पुन: एमाओवादीलाई पार्टी एकताका लागी सैध्दान्तिक आधारहरु मागेको थियो । २०७२ माघको अन्त्यतीर एमाओवादीले ३ बुँदे पहिले भन्दा केही लचिलो भएर प्रस्ताव क्रान्तिकारी माओवादीलाई पठायो र पार्टी अधेक्छे किरणले आफू निकट रहेका र बिश्वास पात्र भन्काहरुसंग सुटुक्क अँ पहिला भन्दा सकारात्मक छ भनेर कानमा फूकी दिनु भएछ , उनिहरुले अब पार्टी एकता पक्कै हुने भयो भन्ने बुझ्न पुगेर उनिहरुले पद, पोष्टका लागी खुट्टा उचाल्न थाले। यो प्रवृतिले सिमा नाघेर फाल्गुन १ गते पार्टी अकका हुन्छ, एक साता भित्र हुन्छ भन्दै हिड्न थाले पछि पार्टी भित्र अनुशासन हीनता र अराजक्ता फैलदै गसो। पार्टी वरिष्ठ नेताहरु समेत पद- पोषंटका निम्ति खुट्टा उचाल्दै एमाओवादीसीत पार्टी एकताका अभिसान्ता बनेर पहिले नै प्रचण्डको प्यारो बन्ने र एमाओवादीमा पहिले नै ठाऊँ बनाई राख्ने अत्यन्तै नीच,स्वार्थि, चरम अवसरवादी र नितान्त घिन्लाग्दो संसदीय शैली अप्नाएर पार्टी कै बेइज्जत गर्न पुगे पछि पार्टीलाई एकतावध्द बनाउदै सिध्दान्तनिष्ठ एकताको लागी पहल गर्ने ,जो विगतमा विभिन्न बैठकहरु, प्लेनमहरु र नेकपा( एकीकृत) सित पार्टी एकता गर्दाका बखत एकता महाधिवेशनले लिएका निर्णयलाई टेकेर एमाओवादीसितको पार्टी एकताको प्रक्रियालाई अगाडी बढाउने उद्देश्यले पार्टी प्रमुख किरणले २०७२ चात्र १२ गते काठमाण्डौमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाउनु भएको थियो
त्यस बैठकमा किरणले पार्टी कै आधिकारिक लाइन बमोजिम नयाँ जनवादी क्रान्तिको कार्यक्रमलाई नै एमीओवादीसीतको एकताको मुख्य आधार बनाइअको दस्तावेज प्रस्तुत गर्नु भयो भने अर्का नेता रामवहादुर थापा वादलले राष्ट्रिय जनवाद को नाम दिइएको मिलेराँवीदी- मन्त्रिमणंडलवादी संसदवादी एवम् सुधारवादी कार्यक्रम सहितको फरक दस्तावेज पेश गरे पछि पीर्टी भित्र विवाद चुलिन पुग्यो र पार्टी एकता गर्ने कि नगर्ने ? भन्ने एकसूत्रीय एजेण्डामा सुरू भएको उक्क बैठकमा किरणले अगाडी सारेको सिध्दान्तनिष्ठ एकता कि वादलले अगाडी सारेको विनासर्त एकता भन्ने विषयमा १०दिन सम्म बहस चल्यो र किरणको लाइन तीर ६० प्रतिसत र वादलको लाइनतीर ४० प्रतिसत केन्द्रीय सदस्यहरु विभक्त भए पछि बहुमत पुर्यार पार्टी फूटाउने र एमाओवादीसित एकता गर्न वादल समुह असफल भए पछि वादल समुहले छुट्टै भेला गर्ने र हस्ताकछेर संकलन गर्ने जस्तो फूटवादी र अनैतिक कार्य गर्न समेत पुग्यो वादल गुट ।
यो गुटको अन्तिम योजना किरणलाई पार्टी प्रमुखवाट अपदस्त दरेर बादललाई पार्टी प्रमुख बनाएर बादलकै नेतृत्वमा एमाओवादीसंग पार्टी एकता गर्नका लागी बादल गुटले न्वारानदेखिको बल लगाएर विविध प्रकारका षडयन्त्रका हदकण्डाहरु अप्नाउन पुग्यो ।
यी सबै क्रियाक्लापहरु एमाओवादीले बनाएको र यो गुटलाई कार्यान्वयन गर्न लगाएको थियो भन्ने पुष्टि एमाओवादीको स्थायी समितिको बैठकले किरण नआउने , बादललई तेस्रो बर्यादा क्रममा राख्ने भन्ने निर्णयले पुष्टि गर्दछ र एमाओवादीले पहिले नै पद, पोष्टको बाँडफाँड गरेर पठाएको ले त्यसलाई कार्यान्वयन गर्ने कामको जिम्मा बादल गुटलाई दिएको हुनाले पहिले चुप्प लागेर बसेका बादल र पहिले एमीओवीदीको चर्को बिरोध गर्दा आएका देव प्रशाद गुरूं ” कान्छा बहादुर” रातारात उ टर्न भएर १८० डिग्रीमा घुम्न पुगेका थिए । तथाकथित यो बादल गुट पहिलेदेखि नै एमाओवादी ले बैद्य नेतृत्वको माओवादीलाई फूटाएर समाप्त पार्न पार्टी एकताको लोकप्रिय नारा दिदै आएको थियो भन्ने षडयन्त्र अहिले आएर पर्दाफाँस हुन पुगेको छ । करीब दुई वर्ष पहिलेदेखि नै बादल,पम्फा भुसाल, सुमन,सेनामका नामहरु एमाओवादीको एकतासंग जोडिएर आउने गरेको कुरा सबैलाई विधितै भएकै कुरा हो, जो अहिले ब्यावहारमै पुष्टि हुन पुगेको छ। थाह पाउदा पाउदै पनि बैद्य नेतृत्वको माओवादीले हेलचक्रयाई गरिदिनाले अहिले बैद्य नेतृत्वको माओवादी भित्र रहेका जसले हरियो घाँस दिन्छ उसकै पछि पछि हिडने भेडा- बाख्राहरुलाई बढी प्रभाव पर्न गएको छ।यो तरिकाले बादल गुट बैद्य नेतृत्वको माओवादी भित्रका धेरै भेडा-बाख्राहरु तान्न सफल भइरहेको छ ।
बैद्य नेतृत्वको माओवादी भित्रका मोहन बैद्य किरण सहितका क्रान्तिकारी हरुलाई पार्टी एकताका नाममा एमाओवादीमा सोलो डोलो रूपमा हुलेर नेपालका क्रान्तिकारीहरुलाई पूर्ण रुपमा सिध्याइदिने साम्राज्यवादी तथा विस्तारवादीहरुको योजना र षडयन्त्र बमोजिम यी नाटकहरु मञ्चन भइरहेका छन् भन्ने तथ्यहरु उद्घाटन भइरहेका छन् । हेर्दा हेर्दै बादल गुट यसरी आत्मसमर्पणवादको आहालमा डुप्न पुग्यो कि ,अझै कति सम्म डुप्ने हो हेर्न बाँकी नै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु