हृदयघातमा जीवनशैली परिवर्तन – डा. हेमराज कोइराला

२०७१ आश्विन २१ गते, मंगलवार

हृदयघात, मुटुलाई रगत आपूर्ति गराउने कोरोनरि धमिनि वा धमिनिका शाखा भित्रै आकस्मात रगत जम्नगइ रगतको थेग्लाले धमिनि थुनिदिदा थुनिएको भाग भन्दा अगाडि हृदयका मांशपेशीहरु अक्सिजन र अन्य पोषकतत्वहरुको अभावमा मर्नगइ देखापरेको आपतकालिन समस्या हो ।यो समस्या आकस्मात देखापर्ने भएपनि यसको पछाडि लामो सिलसिला जाडिएको हुन्छ । विशेषतः कोरनरी धमिनीभित्रै आफै रगत जम्नुको पछाडि धमिनीका भित्ताहरुहरुमा लामोसमयदेखि कोलेस्टेरेल क्याल्सियम र मृत्तकोषहरु जम्मा भएर धमनी साँघुर्‍याउने, अथेरोस्केलेरोमिस भन्ने रोग जिम्मेवार छ । उपरोक्त पदार्थहरु जम्मा भएर धमिनी सागुरिएको ठा“उमा धमिनीले आफ्नो लचकता गुमाउछ र तन्तुहरु लाई रगतको माग ज्यादा भएको अवस्थामा फैलिएर अतिरित्त रगत आपूर्ति गर्न सक्दैन । यसो हुदा साघुरिएको ठा“उमा नसाको भित्रि पत्र जसलाई इन्टिमल लेयर भनिन्छ च्यातिन पुग्छ र रगत क्याल्सियम र कोलेस्टेरोल वनाएको खस्रो सतहको सर्म्पर्कमा आइ नसाभित्रै जम्न पुग्छ फलतः जमेको रगतको थेग्लाले पुरै धमिनीलाई थुनिदिन्छ र थुनिएको भाग भन्दा अगाडि धमिनीले आपूर्ति गरेको हृदयतन्तहुरु अक्सिजन र पोषक तत्वको अभावमा मर्न जान्छन् । यसरी हृदयतन्तुहरु मर्न जादा मुटुले रगत पम्प गर्न सक्दैन । साथै अन्य संवेदनशिल अगंहरुमा पनि रक्त आपूर्ति हनु नसक्दा व्यक्तिको मृत्यु हुन जान्छ । अधिकतर हृदयघात मुटुलाई ज्यादा दवाव पर्ने अवस्थाहरु जस्तै चिल्लो खाना पेटभरी खाएको, रिसाएको, दुखी भएको, तनावमा परेको, विहानको समयमा, खाना खाएर सुतेको अवस्थामा र एन्जियो प्लाष्टि वा अन्य हृदयका शल्यक्रिया गर्दा गर्दै हुने गर्दछ ।

हृदयघातका जोखिमहरु
हृदयघातका जोखिमहरुलाई उल्ट्याउन सकिने र उल्ट्याउन नसकिने गरेर दुइ समूहमा विभक्त गरिएको छ । उल्ट्याउन सकिने जोखिमहरुको मूख्य कारण भनेको अव्यवस्थित जीवनशैली हो । अव्यवस्थित जीवनशैलीकै कारण ७५ प्रतिशत मुटुरोग र ९० प्रतिशत हृदयघात सम्वन्धि मुटुरोग लाग्ने कुरा विभिन्न अनुसन्धानबाट प्रमाणित भइसकेको छ । उल्ट्याउन सकिने जोखिमहरुमा मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन, खानामा रेसा र चोकरहरुकोकमी र टायप ए व्यक्तित्व आदि हुन । उल्ट्याउन नसकिने जोखिमहरुमा उमेर लिंग र अनुवंशीक प्रभावहरु पर्दछन् । तर, आज हृदयघातको विरक्तलाग्दो तथ्यांक वृद्धिमा उल्ट्याउन नसकिने भन्दा उल्ट्याउन सकिने जोखिमहरुको मूख्य योगदान छ । विज्ञहरु भन्छन् कम उमेरमा भइरहेको हृदयघातको उत्प्रेरक भनेकै हाम्रो अप्राकृतिक जीवनशैली -भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको अव्यवस्थापन) हो । मानव र प्रकृति विचको वढ्दो दुरी, वातावरणिय प्रदूषण, मानसिक तनाव, गरिष्ठ भोजन, श्रम र व्यायमवाट पन्छिने अल्छि वानी आफ्ना हठ अडान र निर्ण्रा्रति अडिग रहने हठी व्यक्तित्व, शरीरको आवाज -आहार निन्द्रा, भय मैथुन) जस्ता प्राकृतिक चाहनाहरुको उचित व्यवस्थापन गर्न नसक्नु जस्ता जीवनशैलीस“ग सम्वन्धित कारकतत्वहरु हृदयघात लगायत अन्य मुटुरोगहरुको मुख्य कारक हुन् ।
जीवनशैली परिवर्तन
जीवनशैली परिवर्तन गरेर हृदय रोग र हृदयघातको जोखिमलाई कम गर्न सकिन्छ भनि वैज्ञानिक तथ्य र आधारहरु सहित हृदयरोगको सफल उपचार गर्ने पहिलो व्यक्ति अमेरिकी चिकित्सक डा. डिनअर्निश हुन् । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारको हृदयमैत्री हुनेगरी ठीक समायोजन गर्नु हो ।
भोजन व्यावस्थापन
मुटुरोग तथा हृदयघातवाट वच्नका लागि भोजन व्यवस्थापनको ठूलो महत्व छ । भोजनकोमात्रा भोज्यपदार्थहरुको छनौट व्यक्तिको प्रकृति, विकृति -रोग), बल, वय -उमेर), सत्व -मानसिकता) आदिको आधरमा हुन अति आवश्यक छ । कार्वोहाइडेड, प्रोटिन, भिटामिन, लिपिड र खनिज तथा लवणहरुको उचित मात्राले यूक्त क्षेत्रिय र मौसमी खाद्यन्नहरु मुटुरोगका लागि राम्रो मानिन्छ । चमल, गहु, मकै, आलु पिडालु सुठूनी, चिनी, आटा आदिवाट कार्वोहाइडेड प्राप्त हुन्छ । घिउ, तेल र तेलिय खाद्यवाट लिपिड प्राप्त हुन्छ । माछामासु र गेडागुडी प्रोटिनको श्रोत हुन भने फलफूल, मौसमी तरकारी, हरिया सागसव्जी, कलेजो, अण्डा र रातो मासु भिटामिनको श्रोत हुन् ।

१.घिउ, तेल, नौनी, छाली, वटर र वोसो जस्ता जंगम श्रोतवाट पाइने चिल्लो पदार्थहरुको सेवन गर्नु हुदैन । खाना पकाउन अत्यान्त कम वनस्पती तेलहरुको उपयोग गर्नुपर्छ। शुद्धतोरी वा र्सर्ूयमुखीको तेल अन्य भन्दा उत्तम छन् ।
२.मुटुरोगीले पूण शाकाहारी हुन जरुरी छ । माछामासुमा पाइने वोसोले कोलेस्टेरोल वढाउन मद्दत गर्छ । माछामासु छाड्न नसक्नेले खसी, राँगा, वंगुर जस्ता ठूला जनावारका मासु छाडेर माछा वा लोकल कुखुराको मासु तेल नहाली उसिनेर १५ दिनमा एकपल्ट, थोरै मात्रामा खान सक्छन् ।
३.नदेखिने चिल्लो पदार्थका श्रोतहरु, बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।
४. तौल ज्यादा भएकाहरुले कम क्यालोरी भएका खानाहरु खानु पर्दछ । चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बाेनिकपेय र अल्कोहलिकपेय जस्ता खालीक्यालोरी दिने पदाथ मुटुको लागी राम्रो होइन ।
५. पेटभरी ठुसी-ठुसी खाने बानी त्यागेर पेटको आधाभाग ठोस र चौथाइ भाग तरल पदार्थले भर्नु पर्छ भने चौथाइ भाग वायु संचरणकालागी खाली छोडिदिनु पर्छ । ठोस भोजन दिनको दुइ पटक मात्र होस् । रात्रीकालिन भोजनमा अन्नको मात्रा जति सक्दो कम होस् । अन्नको सट्टा दाल, तरकारिकोसुप, उसिनेको सागसब्जी र तरकारी जस्ता चाडै पच्ने खाना खाने गरौ ।
७. खानामा नुनको मात्रा दर्ुइ-तीन ग्राम मात्र होस् । अजिनामोटो, सोडियोवाइकार्वोनाइड र सोडियमवेन्जोएट जस्ता वेकिङ पाउडरको प्रयोग मुटु मैत्री होइन । अचार, आलुचिप्स, कुरकुरे, पाँउ जस्ता अतिरित्त लवण राखिएका खाद्ययपदार्थले मुटु रोगको जोखिम बढाउँछ ।
८. खानमा रेसा र चोकर युक्त खाद्यानहरुको समायोजन हुन जरुरी छ । सलाद, हरीया सागसब्जि, चोकरयूक्तपीठो, रातोचामल, सग्लै अन्नहरुमा रेसाको मात्रा ज्यादा हुन्छ । हरीया कलिला मौसमि साग, अंकुरीत गेडागुडि वा जमरामा एण्टिअक्सिडेन्ट को मात्रा ज्यादा हुन्छ । एन्टिअक्सिडेन्टले थुनिएका नसा खोल्न र घात पछिको घाउ निको पार्न मुख्य भुमिका खेल्छ ।
व्यायाम ब्यस्थापन
१. मुटुरोगीले ब्यायाम गर्न भनेर कहिले पनि कठिन ब्यायाम वा श्रम गर्नु हुदैन । अंग ब्यायाम, रिढ ब्यायाम, सिथिलिकरण ब्यायाम, प्रातः ग्रमण जस्ता हल्का ब्यायाम नियमित गर्नु पर्छ ।
२. दक्ष योग गुरुबाट मुटुरोगीले गर्ने योग सिकेर नियमित योग आसन र प्रणायाम गर्नाले हृदयघातको जोखिम कम गर्नुका साथै मुटुरोग उल्ट्याउन पनि मद्दत गर्छ ।
३. ब्यायामलाई दिन चर्याको मुख्य अंग बनाउनु पर्छ । ब्यायाम गर्ने भनेर एकै दिन धेरै गर्ने, कहिले गर्ने कहिले नगर्ने वा मुढे बल लगाएर ब्यायाम गर्नु हुन्न्ा ।
बिश्राम व्यबस्थापन
१. मुटु रोगीका लागी बिश्राम, भोजन र व्यायाम भन्दा पनि महत्त्वपर्ुण्ा छ । राति चाढै खाना खाने र खाएको तीन घण्टा -पेट खाली भएपछि) मात्र सुत्ने गर्नु पर्छ । न्रि्रा नआउनेहरुले चिकित्सकको सल्लाह अनुसार औषधि खाएर भएपनि सुत्ने प्रयास गरौं । दिउसोसुत्ने, विहान अबेरसम्म सुत्ने, राति चाढै नसुत्ने, र खानाखानेबित्तिकै सुत्ने बानी मुटुका लागी खतरनाक मानिन्छ ।
२. शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग न्रि्रा, माइन्ड साउन्ड रेसोनेन्ट टेक्निक ), प्राणिक इनरजाईजीङ्ग टेक्निक -एभ्त्), सेल्फ मेनेजमेन्ट अफ एक्सेसिभ टेन्सन -क्ःभ्त्), जेकब्सन प्रोग्रेसिभ मसल्स् रिल्याक्सेसन टेक्निक -व्एःच्त्) डिप रिल्याक्सेसन् टेक्निक क्विक रिल्याक्सेसन टेक्निक ,इन्स्टेन्ट रिल्याक्सेसन् टेक्निक जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं ।
३. सम्पूण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले बिश्रामलाई बढाउँछ ।
विचार व्यावस्थापन
वैचारिक स्तरमा आएको हरेक परिवर्तन हृदयमा प्रतिविम्वित हुन्छ । हजुर हास्दा हृदय हास्छ, हजुर रुदा हृदय रुन्छ । क्रुद्ध र भावुकहुदा हृदयपनि विचलित हुन्छ । रुग्न मानसिकता भएकाहरुको हृदय पनि चाढै रोगी हुन्छ भने स्वस्थ्य विचारको अभ्यासले हृदयलाई पनि स्वस्थ्य राख्न सहयोग गर्छ ।
१. हृदयरोगवाट बच्न अव्यवहारिक र पुरानहुने महत्वकांक्षावाट वच्नर्ुपर्छ । आफ्नो मनको भावनाहरु सम्वधोन गर्न, अरुको भावनाहरुको सम्मान गर्न, समाज र परिवारको मान्यताहरुस“ग समन्जस्य गर्न सिक्नर्ुपर्छ । धेरै सम्पति र नाम कमाउने वा उन्नती गर्ने चाहनामा आफुलाइ तिरोहित गर्नु हुदैन ।
२. सकारात्मक चिन्तन हृदयको लागि ठूलो ओखती हो । राम्रा र नराम्रा पक्ष हरेक घटनाहरुको दुइ अभिन्न पाटा हुन । हरेक घटना वा व्यक्तिको राम्रो पक्षलाई केलाउने वानी मुटुको लागि राम्रो हो ।
३. विहान वेलुकी कम्तिमा २० मिनेट निर्विचार हुने कोसिस गरौं । निर्विचार साधानाले हृदयलाई शान्ति दिन्छ । । योग न्रि्रा, जप, प्ा्रार्थाना, वा एकान्तबास जस्ता साधना नियम पुवक दक्ष गुरुबाट सिकेर निरन्तर गर्ने गरौं यसले तनाब कम गर्न सहयोग गर्छ ।

५. तनाब व्यवस्थापनको नाममा चुरोट, सुर्ति, जाड रक्सि, वा अन्य नसालु पदार्थको सेवन गरेर आफुलाई भुलाउन नखोजौ
ब्यबहार ब्यबस्थापन
हृदय हरेक ब्यबहार, घटनाक्रम र दिनचार्यको साक्षी हो । तपार्ँइको मनको कुरो मस्तिस्कले ढाट्ला तर हृदयले दुधको दुध पानीको पानी बताई दिन्छ भने अनियमित दिनचार्यको भार पनि हृदयले प्रस्ट पारि दिन्छ । यर्सथ हाम्रो दिनचार्य र आनिबानी हृदय मैत्रि हुन जरुरी छ ।
१. बिहान ब्रम्ह मर्ुहर्तमा -घाम झुल्किनुभन्दा ९६ मी. अगाडि देखि घाम झुल्किदा सम्मको समय) उठिसक्ने, उठ्ने बित्तिने दुइ गिलास मनतातो पानी पिउने, तत् पश्चात मलमुत्र विशर्जन गरी सुचीनिची भई दाँत माझि व्यायाम को लागी तयार हुनु पर्छ ।
२. ब्यायाम पश्चात हल्का खाजा खाएर दैनिक गर्नुपर्ने कामहरुलाई व्यबस्थित गर्न कार्यतालिका बनाउन जरुरी छ । यसो गर्दा कार्य ब्यबस्थापन सुचार्रुभई अतिरिक्त तनाबबाट बच्न सकिन्छ ।
३. बेलुका साढे छ देखि सात बजे भित्र खाना खाई सक्ने । त्यसको तीन घण्टा पछि मात्र सुत्न जाने गर्नु पर्छ ।
४. नाम र दामको पछाडि मरीहत्ते गर्नेबानी मुटुकालागी राम्रो होइन ,इमान, जमान नैतिकता र धर्मलाई आत्मसाथ गर्दै जति जे हुन्छ त्येसैमा सन्तोष गरौं ।
५. आफ्नो ब्यक्तिवलाई लचकदार र र्सवप्रिय बनाउँ । अहंकार, घमन्ड र मपाईत्वलाई प्रशय नदिउँ । सानालाई माया र ठुलालाई आदार गरौं । दुःखिहरुसँग करुणा, आनन्दितहरुसँग मित्रता, सज्जनहरुसँग मुदित राखौं भने दुजनहरुको वास्तै नगरौं ।
६. आफ्ना गल्ति तथा भुलहरुलाई फेरी नगर्ने संकल्पका साथ भुलौ । विगतमा भएका कुराहरुलाई लिएर तनावग्रस्त हुने नगरौं । इखलिने, बैरत्वराख्ने, मनमालागेका कुरा नभन्ने र भावानाको दमन गर्ने ब्याक्त्ति हृदय रोगको सिकार हुन सक्छ ।

प्रतिक्रियाहरु