हुलिया नभएकाे जुटान र फूटान – भरत दाहाल

२०७२ असार १५ गते, मंगलवार

भूर्इंचालाले भन्दा बढ्ता पृथ्वी फटार्इ दिउँलाझैं गरी १६ बुँदे सहमतिका विरूद्धमा तिघ्रा बजाउनेहरूले संविधानसभामा अाफ्नाे विमति राखेर प्रकृयामा सामेल हुने र १६ बुँदेका पितामध्येका काेहिले चाहिं अाएकाे मस्याैदामा अागाे सल्काउने रे भन्ने समाचारहरू सुनिन थालेका छन्।
०६२ सालकाे १२ बुँदेलार्इ संझिनेहरूले यसलार्इ अस्वाभाविक मान्दैनन्, जुनबेला १० बर्षे शत्रु याेद्धाहरू दुनियाँलार्इ चकित पार्दै एकाघरका बनेका थिए र त्याे कालखण्डलार्इ क्रान्ति र प्रतिक्रान्तिका बीचकाे घमासान भन्ठान्नेहरूलार्इ पटमूर्ख सावित गरिदिएका थिए।
दुनियाँलार्इ छक्क पार्ने १२ बुँदे चमत्कारकाे टेकाेका रूपमा “जन्मका अाधारकाे नागरीकता एेन” नामकाे धुरीखाँबाे थियाे भन्ने कुरा ०६३ साल कार्तिकमा मात्र थाहा भयाे। अहिले १२/१२ घन्टामा १६ बुँदेप्रति समर्थन र विराेधकाे ज्वारभाटाका पछि पनि यस्तै कुनै धुरीखाँबाे छ।
मेराे बुझार्इमा संविधानमा सहमतिकाे नाता जाेड्नका लागि यहाँ दार्इजाेमा वार्गेनिङ भैरहेकाे छ। दार्इजाेमा मागिएका विषयहरूमा कालापानी, लिपुलेक, लिम्पियाधुरा, धर्मनिरपेक्षता, नागरीकता, सुरक्षा तथा विदेश मामिला, सुपुर्दगी जस्ता विषयहरू केन्द्रमा परेका हुन सक्छन्।
बर्षाैंदेखि कब्जा गरिएकाे ठाेरीकाे जमिन नेपाललार्इ फिर्ता गर्नु राम्राे हाे तर याे सहजै फिर्ता गरिएकाे छैन। अाफूले लचकता अपनाएकाे बहानामा सट्टामा लिम्पियाधुरा, लिपुलेक, कालापानी मागिने संभावना छ। यहाँका रैतिहरू यसैका लागि छिनछिनमा तल/माथि गरीरहेका हुन सक्छन्।
केहि न केहि दार्इजाे नदिएर संविधान जन्मने छैन। यस्ताे अाशा गर्नु हाम्राे मूर्खताकाे हद हुनेछ। ०६२ काे १२ बुँदेलार्इ “वाहवाह” गर्दा अाधा जति परचक्री “अाफन्तहरू” भित्र्याएका हामीहरूले १६ बुँदेमा हुने कथित अाम सहमतिकाे वाहवाहि गर्दागर्दै भूमिदान भएकाे हेर्नु नपराेस्।
रैतिहरूकाे जुटान र फूटानकाे हुलिया हुँदैन। विराेध र समर्थनकाे कुनै निष्ठागत अाधार हुँदैन। अर्काले अाफ्नाे जगेडा शक्तिका रूपमा सञ्चय गरिएकाहरू सञ्चयकर्ताकाे निशाना अनुसार हुर्इंकिन्छन्। १६ बुँदे गर्नेहरू लड्ने र लड्नेहरूले संविधान जारि गर्ने भयाे भने पनि अनाैठाे मान्नु हुँदैन। यि त प्यादाहरू मात्र हुन्।

प्रतिक्रियाहरु