हुम्लामा हिमपात

२०७४ मंसिर १ गते, शुक्रबार

काठमाडौं, १ मंसिर । हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात शुरु भएको छ । हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने देखिएको छ । हिमपातले जाडो ह्वात्तै बढाएको छ ।जिल्ला सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको छ । लगातार हिमपात भइरहे हुम्लामा मंसिर १० गते हुने निर्वाचन प्रभावित हुने देखिन्छ । जिल्लाको उत्तरी भेगको नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । नाम्खा गाउँपालिकाअन्र्तगत पर्ने १० वटा मतदान केन्द्र हिमपातबाट बढी प्रभावित हुनेछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार