हुथी विद्रोही विरुद्ध गरिएको हवाइ आक्रमणमा परी २५ को मृत्यु

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं, ८ बैशाख । यमनको राजधानी शानामा हुथी बिद्रोहीलाई लक्षित गरी भएको हवाई आक्रमणमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
आक्रमणमा परी ३०० जना घाईते भएका छन । राजधानी सानास्थित राष्ट्रपति भवन नजिकै फाज अटान क्षेत्रमा भएको आक्रमणका बेला धुुंवाको चर्को मुस्लोले आकाश ढाकिएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
यमनमा गत मार्च देखी साउदी अरब नेतृत्वको सेनाले हथी बिद्रोहीहरुलाई परास्त गर्ने भन्दै बम आक्रमण गर्दै आएको छ । पछिल्लो समय हुथी बिद्रोहीहरुले राजधानी शाना र अदेन शहरलाई नियन्त्रणमा लिने प्रयास जारी राखेपनि गठबन्धन सेनाको हवाई आक्रमणका कारण असफल बन्दै आएको छ ।
उता बिद्रोही नेता अब्दुल मल्लीक अल हुथीले भने साउदी नेतृत्वको गठबन्धनले गर्ने असभ्य आक्रमणमा यमनी जनताले साथ नदिने दाबी गर्दै आएको छ । यसैबिच यमनमा कार्यरत सहयोगी संस्थाहरुले पनि आक्रमणको बिरोध गर्दै आएका छन ।
पछिल्ला दिनमा सरकार र बिद्रोही बिचको आक्रमणमा परी कयौले ज्यान गुमाईसकेका छन भने हालसम्म करीब डेढ लाख ब्याक्ति अन्यत्र पलाएन भएको संयुक्त राष्ट्रसंघले बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु