हिलारी क्लिन्टन राष्ट्रपति उम्मेदवारमा चयन

२०७३ श्रावण १२ गते, बुधबार

काठमाडौं, १२ साउन । हिलारी क्लिन्टन अमेरिकामा कुनै प्रमुख राजनीतिक दलका तर्फबाट राष्ट्रपति पदको निर्वाचभनमा उम्मेदवारी दिने पहिलो महिला बनेकी छन् ।
फिलाडेल्फिियामा जारी डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टी प्रतिनिधिहरुले हिलारी क्लिन्टनलाई राष्ट्रपति पदका लागि आफ्नो आधिकारिक उम्मेदवार चयन गरेका हुन् ।
हिलारी क्लिन्टन अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनकी श्रीमती हुन् । नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा हिलारीको सामना रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग हुनेछ ।
राष्ट्रिय सम्मेलनको पहिलो दिन बर्नी सैन्डर्सका समर्थकहरुले हिलारी क्लिन्टनको दावेदारीको विरोध गरेका थिए । तर पार्टी पदाधिकारीहरुले यो विरोध शान्त बनाएका छन् ।
डेमोक्रेटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवारीका लागि बर्नी सैन्डर्स हिलारीकी प्रतिद्वन्द्वी थिइन् । तर पछि उनी पनि हिलारीकै समर्थनमा उभिएकी छन् । – एजेन्सी

प्रतिक्रियाहरु