हिरासतमा राज्यको चित्र देखिन्छ : प्रकाण्ड ( भिडियोसहित)

२०७५ श्रावण २९ गते, मंगलवार

काठमाण्डौ, २८ साउन । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रहरी हिरासतमा राज्यको चित्र प्रष्ठ देखिएको प्रतिकृया दिएका छन ।
सोमबार जिल्ला सरकारी वकिलको कार्यलयमा बयानका लागि उपस्थित गराईएका प्रकाण्डले सन्चारकर्मीसँग छोटो प्रतिकृया दिदै हिरासतमा राज्यको चित्र नै देखिएको बताए । उनले आफ्नो बयान भोली हुने समेत जानकारी दिए । आज अन्य तीन जनाको बयान सकिएको छ । आज पनि प्रकाण्डसहितलाई सन्चारकर्मीसँग बोल्न भने दिईएन ।
दिउँसो करिब १ बजे वकिलको कार्यालयमा प्रकाण्ड, उनका स्टाफ हरिचन्द्र आचार्य, कार्यकर्ताद्वय मानबहादुर श्रेष्ठ र प्रमेश दर्नाललाई भने सरकारी वकिलले बबरमहल कार्यालयमा बयान लिएका छन् । उनीहरुलाई करिब ५ घण्टा अर्थात बेलुका ६ बजेसम्म बयान लिइएको थियो ।
प्रवक्ता प्रकाण्डसहित आचार्य र श्रेष्ठलाई साउन २२ गते साँझ र दर्नाललाई यही शनिबार काठमाडौंबाट गिरफ्तार गरिएको थियो ।

हेर्नुस् आजको ताजा भिडियो जस्ताको तस्तै

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु