हिम्मत भए प्रचण्ड, बाबुराम र मलाई जेल हालेर देखाउ : किरण

२०७० चैत्र १७ गते, सोमबार


काठमाडौ। माओवादी दैलेखको प्रथम जिल्ला सम्मेलन उदघाटनका लागि दैलेख पुगेका नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले न्याय दिलाउने नाउँमा द्वन्द्वकालिन मुद्दा नउठाउन आग्रह गरेका छन् । ‘कानुनी र राजनीतिक मूल्य मान्यता तोड्दै मुलकमा संसदीय फाँसीवाद लागू गर्ने काम भएको छ’ क्रान्तिकारी पत्रकार महासंघ दैलेखद्धारा आयोजित भेटघाटमा किरण भने, सोझा कार्यकर्तालाई होइन हिम्मत भए प्रचण्ड, बाबुराम र मलाई जेल हालेर देखाउ ।’
किरणले अन्तराष्ट्रिय समुदायलाई निष्पक्ष भएर काम गर्न आग्रह गरे । ‘सबैलाई न्याय गर्नुपर्छ । माओवादीलाई मात्र छानीछानी थुल्नु हुँदैंन उनले भने । विस्तृत शान्ति सम्झौता भंग भएको भन्दै शान्ति प्रक्रिया टुंग्याउन नयाँ राष्ट्रिय राजनीतिक सहमति हुनुपर्ने धारणा राखे । एक अर्को प्रसंगमा अध्यक्ष किरणले तीन दलले आफूहरुलाई संविधानसभाका २६ सिट दिन्छौं भन्नु घोर राजनीतिक अपमान भएको टिप्पणी गरे ।
दुई पार्टीका एकता अहिले तत्काल सम्भव नरहेको उनले प्रष्टाए । दुवै माओवादीलाई मिल्न नदिन षडयन्त्र भइरहेको उनको भनाइ थियो । कांग्रेस नेतृत्वको अन्तरिम सरकारले माओवादीलाई छलेर माथिल्लो कर्णाली सम्झौता गरेको आरोप लगाए । अध्यक्ष किरणले डेकेन्द्र हत्या अभियोग भोगिरहेका कार्यकर्ताहरुसंग भेट गरी जेल जीवनलाई अवसरका रुपमा लिन आग्रह गरे ।

प्रतिक्रियाहरु