हिमाल सिमेन्टको ७६ रोपनी जग्गा कब्जा

२०७४ फाल्गुन ६ गते, आईतवार

काठमाडौं , ६ फागुन । नेपाल कम्युनिस्ट काभ्रेले पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रहेको हिमाल सिमेन्टको ७६ रोपनी जग्गा कब्जा गरेको छ । आज विहानै पार्टीको ब्यानर र झन्डा सहित पुगेका कम्युनिस्ट पार्टीका कार्यकर्ताले सरकारी जग्गामा माफियाहरुले चलखेल गरी आफ्नो बनाएको भन्दै कब्जा गरेका हुन् । ‘पहिला यो सरकारी जमिन हो तर पछि हिमाल सिमेन्टले लिलामी निकाल्न लगाएर सरकारी जग्गा मिलेमतोमा हडपेको थियो,’ कब्जा गरेपछि सो पार्टीका कार्यकर्ताले भने,‘उक्त जग्गामाथि हामीले झण्डा र ब्यानर गाडेका छौँ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु