हिमाली जिल्लाहरुमा हिमपात

२०७४ मंसिर २६ गते, मंगलवार

काठमाडौं , २६ मंसिर । हुम्ला, जुम्ला, कालिकोट, बझाङ, बाजुरा, ताप्लेजुङ, दार्चुलालगायतका हिमाली जिल्लाहरुमा हिमपात शुरु भएको छ । गएरातिबाट पानी परेसँगै विहानैदेखि हिमपात भईरहेको छ ।
हुम्लामा भने सदरमुकाम सिमकोटमै हिमपात भएको छ । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका हिमाली भेगका किसानलाई हिमपातले धेरै राहत पु¥याएको छ ।
बाक्लो हिउँ परेसँगै गाउँघर सेताम्य बनेको छ । बर्षा र हिमपातसँगै यी जिल्लामा जाडो पनि ह्वातै बढेको छ ।हिमाली गाउँपालीकाहरुमा हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर भएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार

२३ प्रहरी सम्पर्कविहीन

२०८० चैत्र १३ गते, मंगलवार