हिमालयको जन्मकथा र विकाश – डा. हेमराज कोइराला

२०७१ कार्तिक २२ गते, शनिबार

लत्रेको माथ देखि पदतक हिमको स्वच्छ सेतो उपर्ना
मोतिका हार जस्ता थरि थरि उरमा झल्झलाकार झर्ना
फुस्रो धुस्सा समान कमल जघनमा फूस्फूसे मेघजाल
देख्दै आर्स्चर्यलाग्दो अटल चहकिलो धन्य हाम्रो हिमाल -लेखनाथ पौडेल
हिमालको सौदर्य बाट मनग्गे प्रभावित भएर हाम्रा कवि शिरोमणी श्री लेखनाथ पौडेल ज्यू ले लेख्नुभएका पंतिहरू हुन यी । वास्तवमा यो पृथ्वी को धुरीलाई देखेर नरमाउने, नरसिने, नसहजीने र प्रभावित नहुनेहरू कमै होलान यो संसारमा । कवि, कलाकार, दार्शनिक लगाएत सूक्ष्म श्रृजनात्मक नेत्रवाला वैज्ञानिक समाज पनि यस समवन्धि गाँठाका गुथिहरू ख्ाोल्नमानै व्यस्त छन् । भारत वर्षो शिरविन्दुमा छाती खोलेर ठीङ्ग उभिको यो तेस्रो ध्रुवलाई जन्माउदाको प्रसव वेदना भने विचित्रको छ । पृथ्वीको कान्छो श्रृजना भएपनि आफ्ना दाजुभाईलाई नाघेर यो किन बाँसको तामा बढेझैं बढेर सवैभन्दा अग्लो भयो आउनुसनत हामीपनि हेरोै यसको चिना कुण्डलि ।
भ्ाारत वर्ष-दक्षीण एसिया) को शिरविन्दु मा सिराने जस्तो भएर लमतन्न परेको म्यानमार देखि अफगानिस्तान सम्म फैलिएको यो तेश्रो ध्रुव नामक पर्वतमाला पृथ्वीको नविनतम श्रृजना मध्य को हो । भू-वैज्ञानिक अनुसन्धान द्धारा प्राप्त तथ्य अनुरूप यस हिमशैलिको आयू लगभग ५ करोड वर्षपुरानो मानिएको छ ।यस पर्वतमाला को लम्बाई करीव २५ कालोमिटर छ भने चौर्डाई २०० देखि ३०० किलोमिटर को विचमा छ । यस पर्वतमाला को उत्पति भारतिय उपमहाद्धिप र एस्ािया महाद्धिपको टकराव बाट भएको मानिन्छ ।आज भन्दा १० करोड वर्षपहिले दक्षिण एसिया -भारतिय उपमहाद्धिप) को उत्तरी कुनो र्सवप्रथम एसिया महाद्धिप सँग टकरायको थियो । समय बित्दै जादा सम्पुण भारत वर्षै एसिया सँग टकरायो । यसरी सम्पुण् भारत वर्षाई एसिया सँग टकराएर मिल्नलाई लगभग ४.५ देखि ५ करोड वर्षो समय लाग्यो । यो संयोग भन्दा पहिले दुवै भूखण्ड को विचमा टेथीस सागर थियो तर यी भूखण्डहरू जोडिए पछि यो त्यसै विलुप्त भयो । यो टक्करमा यी दुइ भूखण्डहरू ठिक तालमेलले नमिलेका र एउटाको माथि अर्को खप्टिन गएकाले भारतीय भुखण्ड निरन्तर तलतिर धसीदै गएको र एसिया भुखण्ड को प्लेट को मुनि निरन्तर घुस्दै गएको छ । यसरी भारतिय भुखण्ड निरन्तर एसीयाई भुखण्डको मुनि पस्दै जादा यो संयोग स्थल को भाग प्रति वर्ष२ से.मि.को दरले चुलिदै गयो । आज पनि यहि क्रम जारी छ र आज पनि हिमालयको निरन्तर वृद्धि भईरहेको छ । यसरी असन्तुलन को स्थितिमा यो वृद्धि भएकाले दुवै प्लेटहरूको गति उर्जा कार्य उर्जामा बद्लिएर उर्जिय असन्तुलन पैदा गदर्छ । यो असन्तुलन को स्थिति लाई सन्तुलीत को गर्न पृथ्वीले भुकम्प उत्पन्न गर्दछ । अथवा अर्को शब्दमा भन्नु पर्दा यो उर्जा संचित हुदै जाने र धेरै भए पछि भुकम्प -कार्य) मा परिणत हुने गर्दछ । यसैले यस क्षेत्रमा बेला बेलामा भुकम्प हरू गईरहने गर्दछन् । यि दुइ ठुला भुखण्ड हरूको मेल पश्चताप टेथिस सागर सनै सनै विलुप्त हुदै गयो । टेथिस सागरको विलुप्त पछि यस को गर्त बाट हिमालयले विस्तारै विस्तारै उठ्न शुरु गर्यो । यसको उठान क्रिया को एक लामोर् इतिहास छ । यस क्रियामा हजारौ लाखौ भुइचालोहरू गए । एसका संरचनात्मक चट्टानहरू टुट्दै जोडिदै गर्दथे । टुटेका चट्टानहरू को स्वरूप परर्ीवर्तन भईरहन्थे । यी उठेका भागहरू भूक्षय, पहिरो र बाढिको कारण ले तिखारीदै चुचुरिदै अझ बढ्दै गए । हिमालयको उत्पति र विकाशमा भ्रंस तथा बलनहरूको महत्वपुण यागदान रहेको छ । भूवैज्ञानिक भाषामा भ्रंस त्यो प्रकृतिक रचनालाई भनिन्छ जहाँ चट्टान टुटेर विस्थापित हुने गर्दछ तथा बलन त्यस दवाव द्धारा उत्पन्न आकृतिहरूलाई भनिन्छ, जहाँ चट्टान वृत्तकार रूप धारण गर्दछ । यसै त हिमालयहरूमा भ्रंस जहाँ कहिँ पनि मिल्न सक्दछ तर यस मध्ये केहि अलग अलग नाम भएका महाभ्रंसहरू मुख्य पाँच छन् । यि पाँच भ्रंसहरूले हिमालयलाई पाँच भागमा विभाजन गरेका छन् । यि महाभ्रंसहरू हिमालय को लम्बाई को समानान्तर अर्थात पर्ूव पश्चिमको दिशा मा फैलिएको छ । यी पाँच भागहरूको आकृति हरेक क्षेत्रमा भिन्न भिन्न भई लम्वाई र चौर्डाई पनि पृथक पृथक छन् । यि पाँच क्षेत्रहरूमा सवै भन्दा उत्तर पट्टीको -क)हिमालपारी को क्षेत्र, त्यस पछि क्रमशः -ख)केन्द्रिय हिमाच्छादित हिमालय, -ग)महाभारत शैल, -घ)चुरे शैल, र -ङ)यस भन्दा पनि छोटा ढिस्काहरू आउँदछन् ।
सवैभन्दा उत्तर पट्टीको भ्रंसलाई सिन्धु भ्रंस भनिन्छ यो भ्रंस भारतिय भूखण्ड र एसीयाई भूखण्ड को संन्धि स्थल को बीच मा छ । यो भ्रंस तथा तिब्वतको बीचको भध्य क्षेत्र लाई सिन्धुसन्धि स्थल भनिन्छ । सिन्धुसन्धि स्थलको मुख्य भाग कास्मीर देखि सिक्कीम भुटान अरुणाचल हुदै फैलिएको छ । यस सन्धि स्थलमा विभिन्न प्रकारका प्राचिन चट्टानहरू तथा मुख्य टेेथिस महासागरको अवशेष पाईन्छन् ।
सिन्धु भ्रंस देखि दक्षिण तिर मुख्य हिमालय छ । यसको सिमाले सिन्धु तथा टेथिस भ्रंस बनाउदछ । त्यसैले यसलाइृ टेथिस हिमालय पनि भनिन्छ । टेथिस हिमालयको शैलमाला नेपाल, भारतको उत्तराखण्ड, कास्मीर, हिमाचल र सिक्किम भएर फैलिएको छ । यी शैलमालाको निर्माण नदिहरू द्धारा बगाएर ल्याईएको कंकड पथ्थर र अन्य अवशेष हरू बाट भएको हो । यस क्षेत्रमा जिवावशेष प्रचुर मात्रामा मिल्दछ । हिन्दु हरूका आराध्य देव भगवान विष्णु को प्रतिरूप प्रतिमाको रूपमा पूजा गरीने सालीगा्रम हाम्रो नेपालको मुक्तिनाथ क्षेत्रमा मात्र पाईन्छ । शाल्रि्राम एक जिवास्मा हो । टेथिस भ्रंसमा विश्वको सवैभन्दा उच्च पर्वत सगरमाथा लगाएत अन्य मुख्य हिमाच्छादित शिखरहरू छन् । यि शिखरहरू पृथ्विको लगभग २० कि.मि. तल वाट उठ्न शुरु भएका हुन यि शैलहरू कायान्तरित तथा आग्नेय चट्टानहरू द्धारा बनेका छन् । यो हिमालयको सुमेरु क्षेत्र हो । यसै क्षेत्र कैलास मानसरोवर लगाएत बद्रिनाथ केदार नाथ मुक्ति नाथ गौरीशंकर गंग्रेत्री यमोनेत्री आदि प्रसिद्ध तिर्थहरू छन् ।
केन्द्रिय हिमालय देखि दक्षिण को तथा चुरे पर्वत देखि उत्तरपट्टीे विचको क्षेत्र मा महाभारत लेक -लघु हिमालय) स्थित छ । यस हिमालय को सिमा सेन्ट्रल भ्रंस तथा मेन बाउण्ड्रि भ्रंसको विचको हो । यसमा ७ दखि २०० करोड वर्षपर्ुव सम्मको आवसादि कायान्तरित र आग्नेय चट्टान हरू पाईन्छन् । यस क्षेत्रको संरचना अत्यन्त जटिल छ । यहाँ पाईने कायान्तरीत शैल उच्च हिमालय वाट वगेर आएको हो । यस क्षेत्रमै गैङटोक पाथीभरा सल्लेरी काठमाडौं खप्तड, र्स्वर्गद्धारी, कुमाड गढवाल मसुरी, नैनिताल सिमला आदि प्रसिद्ध स्थलहरू पर्दछन् ।
महाभारत शैल देखि दक्षिण को भू-भाग मा १०० देखि लिएर १२०० मि. सम्म अग्ला चुरे पहाडहरू छन् । यस क्षेत्रको सिमा मेन बाउण्ड्रि भ्रंस तथा समतल भ्रंसले निर्धारीत गर्दछ । चुरे शैल पश्चिम को तर्फफैलिएको र पर्ूव तिर सागुरीदै गएको छ । पाकिस्तान मा त चुरे शैलको चौर्डाई १०० कि.मि. भन्दा अधिक छ भने हाम्रो देशमा यसै शैलको चौर्डाई १० कि.मि.-चार कोश) को मात्र रहेको छ । चुरेकोर् इतिहास केवल पाँच लाख वर्षपुरानो छ ।
हिमालय पर्वत लगातार माथि उठ्न थालेपछि पृथ्वीले आफ्नो सन्तुलन बनाई राख्न दक्षीण पट्टी शैलको लम्बवत गर्त -खाल्डो) को निर्माण गर्यो । यसमा हिमालबाट आएका आयातित पदार्थ हरू जम्मा हुदै गयो र चुरेको विकाश भयो । यस क्षेत्रका कुनै पनि शैल २ करोड वर्षभन्दा पुराना छैनन् ।
यस भन्दा तल्लो भाग मेन बाउण्ड्रि भ्रंससम्म छ । यस भ्रंसको अधुरो विकासले गर्दा यसका केहि क्षेत्रहरू म्ाात्र पाउन सकिन्छ । अधुरो विकाश यस कार्यलाई पुष्टि गर्दछ कि, हिमालयको विकाश अझै हुदैछ । वाहृय हिमालयको मैदानी क्षेत्र नदीहरूले ल्याएको अवसाद को कारण निर्मित भएको हो । हिमालय बाट बाह्रै मास बग्ने, गंगा, यमुना, सिन्धु, काली गण्डकि,कर्ण्ााली कौसीकी ब्रम्हपुत्र आदि मुख्य नदीहरूको मैदानी भू-भाग श्रृजना गनैमा मुख्य योगदान छ । नेपालको तर्राई प्रदेश, भारतको बिहार, उत्तर प्रदेश, बंगाल, आसाम, पंजाव, हरियाणा, पाकिस्तानको लाहोर, कराची, आदि क्षेत्रको निर्माण यीनै नदिहरूको योगदान को उपज हो ।
यसरी युगै देखि हिमालयले उठ्न शुरु गरीरहेको छ । यसको विकाश कहिले सम्म चल्नेहो केहि टुङगो छैन । हिमालय हाम्रो देशको मात्र नभएर संसारकै सहस्यमय भू-संरचना हो । यहाँ अनेकौ पर्यावरणिय जैविक, भौगोलिक विचित्रता पाईन्छ । यसको शिरमा सजिएको हिमसागर ले प्रकृति प्रमिहरूलाई त लोभ्याउदछ नै साथमा यहाँको ग्लेसीयरलेे अविरल वग्ने नदिहरूमा पानि पुर्ति गरीरहेका छन् । हाम्रो शास्त्रीय मान्यता अनुसार हामालय देवताको देश -देव दशोः हिमालय) हो परन्तु आज यो देवस्थल जस्तो घातक प्रभाव का चपेटा मा पर्न गईरहेको छ । यो संसारको साझा धरोहरलाई प्रदुषण हुन नदिनु र यसको सुन्दरता जिवन्त बन्न दिनु हाम्रो कर्तव्य हो । न्चभभल ज्यगकभ प्रभाव द्धारा प्रभावित भएमा यसको सम्पुण ग्लेसीयर पग्लेर जानेछ र समुन्द्र तटिय क्षेत्र डुब्ने छ । यस प्रभाव बाट जोगीन विशिष्ट उष्मा धारिता ग्यास हरूको उत्पादन मा हामि सबै सचेत हुनुपर्ने छ । यो धरोहरलाइ बचाउन हिमाली देशका वासी भएका नाताले हामी पनि केहि गरौंन ।
-लेखक कुन्डलिनी हस्पिटल झम्सिखेल, ललितपुरका मेडिकल डाइरेक्टर हुन्

प्रतिक्रियाहरु