हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार

२०७७ बैशाख १३ गते, शनिबार

काठमाडाैं, १३ वैशाख । नेपाली सेनाले गत माघ ३ गते कास्कीको अन्नपूर्ण गाँउपालिका–१ हिङकु इलाकामा हिमपहिरोमा परि हराएका सात जनामध्ये एक नेपालीको शव उद्धार गरेको छ । हिमपहिरोमा परी बेपत्ता भएका तीन जना नेपाली गाइड तथा चार जना कोरियन पर्यटकहरुमध्ये नेपाली सेनाले धादिङका मेमबहादुर तामाङको शव उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो । हराएकामध्ये एक नेपाली गाइडको शव यस अघि नै फेला परिसकेको र थप एक नेपालीको शव देखिएको हुँदा शव निकाल्ने तथा अन्य बेपत्ताहरुको खोजी भैरहेको नेपाली सेनाले जनाएको छ । अझै पनि बाक्लो हिउँ रहेकोले खोजी कार्यमा समस्या रहेको सेनाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु