हिन्दु राष्ट्रका निम्ति आमरण अनसन

२०७२ भाद्र ११ गते, शुक्रबार

काठमाडौं, ११ भदौ । राष्ट्रिय धर्म जागरण अभियान नेपालको संयोजन र राष्ट्रिय हिन्दु यूवा मञ्चको आयोजनामा आगामि भदौ १४ गतेदेखि राजधानीको खुल्ला मञ्चमा सामूहिक आमरण अनसन बस्ने भएका छन । अभियानले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर हिन्दु राष्ट्र नेपाल स्थापनाको अन्तिम लडाईको रुपमा २०६३ सालदेखि हिन्दु धर्म अभियानमा लागेका देश भरीका ३ सय यूवाहरु आमरण अनसनमा बस्ने जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा अनसनकारीको तर्फबाट बोल्दै सागर कट्वालले आफूहरुले देशभरी विभिन्न कार्यक्रम गरेपनि हिंसाको भाषामात्र सुन्ने सरकारले आफूहरुको माग नसुनेकोले अन्तिम लडाई स्वरुप सामूहिक आमरण अनसन बस्न लागेको बताए । उनले खुल्ला मञ्चमा अनुमति लिए पनि पछिल्लो समयमा आफूहरुलाई त्यहाँ कार्यक्रम गर्न नदिने षडयन्त्र नभईरहेको भन्दै जस्तो सुकै षडयन्त्र भए पनि आफूहरुले कार्यक्रम गरेरै छाड्ने दृढता ब्यक्तगरे । खेमनाथ आचार्यले विश्वको एकमात्र हिन्दु राष्ट्रलाई अनादीकालसम्म अक्षुण राख्न आफूहरु आमरण अनसनमा बस्न लागेको भन्दै सबैले पहिचान खोजिरहेको बेला बहुसंख्यक नेपाली जनताको पहिचान हिन्दु राष्ट्र पनि कायम हुनु पर्नेमा जोड दिए । प्रेमनिधी भारद्धाजले आफूहरुको अनसन नेपाल र नेपालीको रक्षको लागि भएको भन्दै आफूहरुको अनसन राजनीति भन्दा बाहिरको लडाई भएको स्पष्ट पारे । उनले ठूला दलले विदेशीको ईशारामा हिन्दु राष्ट्र विरुद्ध षडयन्त्र गरेको दावी गर्दै राष्ट्रघाट विरुद्धको मानवता विपरित कामको भण्डाफोर गर्ने चेतावनी दिए । आफूहरुको माग पुरा नभए माफीयाहरुको मण्डली भत्काउने चेतावनी दिदै डलरको भरमा धर्म परिवर्तन गराउन नहुने बताए । बोलबम कावरीयाँ संघका अध्यक्ष राम अगिया रौनियारले हिन्दु राष्ट्र स्थापनाको लागि जस्तो सुकै त्याग र बलिदान दिन तयार रहेको चेतावनी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

तराईमा ‘लू’ को सम्भावना !

२०८१ बैशाख ११ गते, मंगलवार