हिन्दु केटीसँग प्रेम गर्दा मुस्लिम युवकको हत्या

२०७३ चैत्र २६ गते, शनिबार

काठमाडौं, २६ चैत । हिन्दु केटीसँग प्रेम गरेको भन्दै भारत झारखण्डको गुम्ला जिल्लामा एक युवकको निर्मम हत्या गरिएको छ । आफ्नो केटी साथीलाई स्कुटरमा घरसम्म छोड्न गएका २० वर्षका मोहम्मद शलिकलाई स्थानीय केही मानिसले पोलमा बाँधेर पिटेका थिए । बुधबार केटी साथीकै अगाडी उनीहरुले मोहम्मदलाई पेटी र लठ्ठीले लगातार पिटेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । निर्मम कुटाइबाट घाइते भएका मोहम्मदको बिहीबार ज्यान गएको हो । मोहम्मद ती केटीसँग एक वर्षदेखि प्रेममा थिए । प्रहरीले घटनाको बारेमा अनुसन्धानका क्रममा तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु