हावाबाट चल्ने रिक्सा !

२०७२ मंसिर ६ गते, आईतवार

काठमाडौँ । इन्धनको अभाव भइरहेको बेला मोरङका विद्यार्थीले हावाबाट चल्ने रिक्सा बनाएका छन् । इन्धनबिनाको यात्रा सहज बनाउन विद्यार्थीले तीन चक्के रिक्साको सफल परीक्षण गरेका छन् । हात्तीमुढास्थित मनमोहन मेमोरियल पोलिटेक्निकका मेकानिकल समूहका पाँचाँै ब्याजका विद्यार्थीले हावाबाट चल्ने तीन चक्के रिक्साको सफल परीक्षण गरेका हुन् । नेपालमै पहिलो पटक तयार गरिएको रिक्सामा चार स्टोक पेट्रोल इन्जिनलाई मोडिफाइ गरेर हावाको चापबाट चल्ने बनाइएको विद्यार्थी चक्रप्रसाद कोइरालाले बताए । उनले भने– ‘डिजेल र पेट्रोलबिना नै हावाको चापले चल्छ ।’
विद्यार्थीको तीन महिनाको मेहनतपछि यो टेम्पोको सफल परीक्षण भएको हो । यसको लागत रु एक लाख २५ हजार रहेको छ । मनमोहन मेमोरियल पोलिटेक्निकका प्रिन्सिपल डा सुभास पोखरेलले भने– ‘राज्यले वैकल्पिक वस्तुलाई प्रयोग गर्न खोजे सो हावाबाट चल्ने रिक्सा प्रयोगमा ल्याउन सकिन्छ ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु