‘हाम्रो बलिदानी होला तर नेकपा जनताको मुक्तिका लागि लडिरहन्छ ‘

२०७५ मंसिर २४ गते, सोमबार

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अाफ्नो बलिदानी भएपनि जनताको मुक्तिका लागि अाफ्नो पार्टी सधैं लडिरहने बताएका छन । गृह जिल्ला कालिकोटको माल्कोटमा अायोजित विशाल सभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार दलाल र भष्ट्रहरुको गठजोडमा बनेको बताए । एक अर्को प्रशङ्गमा प्रकाण्डले दश बर्षे जनयुद्धमा सिङ्गो कर्णाली र कालिकोटका जनताले गरेको योगदानको स्मरण गर्दै उनले जनयुद्धको नेतृत्व गर्नेहरूको धोका र गलत सम्झौताले जनयुद्धका सपना पुरा नभएको बताए ।
प्रकाण्डले अहिलेको कम्युनिस्ट सरकार काङ्ग्रेस भन्दा पनि भष्ट्र बन्दै गएको यो सरकार बाट जनताले कुनै अपेक्षा नराखेको दाबी गरे । अहिलेको सरकार ५ बर्ष चल्ने स्थायी सरकार भनिएको छ १ बर्ष नहुदै सरकारको दिनगन्ति सुरु भएको भन्दै सरकारको विकल्प वैज्ञानिक समाजबाद हुने बताए । उनले कम्युनिस्ट सरकारले अाफुहरुले उठाएका न्यायपुर्ण माग उपर हस्तक्षेप गरेको भन्दै जनतालाई दलाल सरकारको प्रतिरोधमा उत्रन निर्देशन समेत दिए ।
प्रवक्ता प्रकाण्डले कर्णालीको विकासमा राज्यको निरिहता र भष्ट्र चरित्रका कारण बिकास हुन नसकेको दाबी गरे । प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुका विरुद्ध एकपटक फेरि सर्घष सहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए । जनसभामा माल्कोट,लालु लगाएतका विभिन्न गाउँ बाट जनताको सहभागीता रहेको थियोे ।
यसैगरी , सोहि कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटमले गाउँ गाउँमा सिहँदरबार होइन भष्ट्र र काम चोर स्यालहरु अाएको बताएका छन । एटमले सिहँदरबारको भष्ट्रचार गाउँ गाउँमा पुगेर भष्ट्रचारलाई सस्थागत गरेको बताए । स्थानीय चुनावमा नेपाली जनतालाई देखाईएका झुटा सपना १ बर्ष नहुदै नाङ्गिएको भन्दै एटमले अहिलेको सरकार र स्थानीय निकाय कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको दाबी गरे ।
केन्द्रीय सदस्य एटमले प्रचण्ड बाबुरामको गद्दारीले १० बर्ष जनयुद्ध धोका धडिमा टुङ्गिएको भन्दै हजारौं शहिद तथा वेपता परिवारका सपना पुरा गर्ने जिम्मेवारी अाफ्नो पार्टीको काधमा अाएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अादर्शले गाउँ गाउँमा अाएका नयाँ दलाल लाई गाउँ बाट खेदेर गाउँमा नयाँ सता चलाउनु पर्ने बताए ।
उनले वलि र प्रचण्ड सरकारले अाफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर दिएको दुख प्रति अाक्रोस प्रकट गर्दै जनयुद्धको अाधार ईलाकामा गएर जनता सँग माफि माग्न प्रचण्डलाई चेतावनी समेत दिए ।
कालिकोटको माल्कोटमा अायोजित जनसभामा माल्कोट,लालु लगाएतका विभिन्न गाउँ बाट जनताको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता कर्णाली ब्युरो सदस्य बल बहादुर बुढाले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए । कार्यक्रममा सामाना केन्द्रीय परिवारको प्रस्तुति समेत देखाईएको थियोे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु