हामी संर्घष मै रमाउँछौं – हस्तबहादुर केसी

२०७१ भाद्र २८ गते, शनिबार

हामी संर्घष मै रमाउँछौं
संर्घष मै बाँच्दछौं ।।

संर्घष नै हाम्रो ज्यान हो
संर्घष नै हाम्रो प्राण हो ।।

हामी संर्घष मै क्रान्तिका गीत गाउँदछौं
संर्घष मै हामी क्रान्तिकारी नाँच नाच्दछौं ।।

संर्घष नै हाम्रो उद्देश्य हो
संर्घष नै हाम्रो लक्ष्य हो ।।

संर्घष बिना हामी मरितुल्य हुन्छौं
संर्घष विना हामी प्राणहीन हुन्छौं ।।

संर्घषले हामीलाई यहाँसम्म ल्यायो
संर्घषले हामीलाई शक्तिशाली तुल्यायो ।।

संर्घष नै परिवर्तनको वाहक हो ।
संर्घष नै क्रान्तिको ज्वारभाटा हो ।।

संर्घषले नै परिवर्तन ल्याउँछौं
संर्घषले नै क्रान्ति ल्याउँछ ।।

संर्घष नै समाज परिवर्तनको आधिवेरी हो
संर्घष नै क्रान्तिको जग हो ।।

त्यसैले त हामी

हामी संर्घष मै गाउँछौं
संर्घष मै नाच्दछौं ।।

संर्घष मै जीवन बिताउँछौं
र संर्घष मै मरेपनि
हामी ज्यूँदा भइरहन्छौं ।।

त्यसैले त हामी संर्घषविना
पानी विनाको माछा तुल्य हुन्छौं ।।

हामी संर्घष कै माध्यमबाट
आफ्नो लक्ष्यमा पुग्दछौं ।।

त्यसैले त हामीलाई संर्घष चाहिन्छ
त्यसैले त हामी संर्घष मै रमाउँछौं ।।

प्रतिक्रियाहरु