हामी बद्लियौं भने मात्र नेपाल बद्लिने हो – पोष्टबहादुर बोगटी ‘दिवाकर’, मुख्य सचेतक , नेकपा माओवादी

२०७१ भाद्र ३० गते, सोमबार


० नेकपा माओवादीको सरकारविरोधीहरूको चक्रब्यूहमा फस्यो भन्छन् नि ?
स्वाभाविकैरूपमा यो समाज रूपान्तरणको आन्दोलन अथवा परिवर्तनको आन्दोलनले थुप्रै प्रकारका आँधीबेहरीहरू थुप्रै प्रकारका चक्रब्यूहहरू थुप्र्रै प्रकारका भुमरीहरूको पार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, त्यसकारण अहिले जुन खालको वातारण हामीले देखिराखेका छौँ, त्यसलाई अन्यथाको रूपमा हामीले लिएका छैनौँ किनभन्दा यो समाज विकासको प्रक्रियामा अग्रगामी सोच र पश्चगामी सोचबीचको द्वन्द्वका परिणामहरू हुन् यी र यी परिणामहरू आउँछन् भन्ने हामीले सोचेरै आइरहेको विषय हुँदा त्यसमा हामी प्रस्ट छौँ, त्यसलाई अन्यथा ठान्नु हुँदैन । तैपनि फेरि समग्र रूपान्तरणकारी शक्तिहरू, अग्रगमनकारी शक्तिहरू, समाजपरिवर्तनकारी शक्तिहरू यी सबैले गम्भीर सोच्नुपर्ने परिस्थितिचाहिँ आएको छ । हामीसँग एकातिर रूपान्तरणका महान् सम्भावनाहरू पनि छन् भने अर्कोतिर यथास्थितिका विशाल पहाडहरू पनि छन्, अब यतिबेला सम्पूण राष्ट्रवादी शक्तिहरू, लोकतान्त्रिक, गणतन्त्रवदी शक्तिहरूले गम्भीर भएर यथास्थितिवादी पहाड पन्छाउन एकताबद्ध भएर अघि बढ्न सक्यौँ र सही ढङ्गले हामीले गल खन्ती अथवा औजारहरू प्रयोग गर्न सक्यौँ भने महान् सम्भावना पनि हामीमाथि छ ।
० पशुपतिनाथको पुजारीका विषयलाई लिएर भएको विवादलाई के भन्नुहुन्छ ?
पहिलो कुरा त यो विषय एउटा बहसमा गएको छ । हामी के भन्छौँ भने कुनै पनि समाज विशुद्ध सेन्टिमेन्ट अर्थात् भावनामा मात्र चल्दैन त्यहाँ विचार, भावनाको पनि समायोजन हुनुपर्छ । अहिले जुन ढङ्गले यो बहस अगाडि आइरहेको छ, यसलाई वैज्ञानिकता र वैज्ञानिक तथ्यबाट विश्लेषण गर्नुभन्दा यसलाई एउटा भावनामा उठाइयो, भावोत्तेजित बनाइयो र समाजमा फेरि एउटा व्रि्रोह ल्याउने प्रयासहरू हामीले देखिराखेका छौँ । हामीले भन्नैपर्छ अलिकति प्रक्रियागतरूपमा पुजारी चयन सम्बन्धमा केही त्रुटिहरू स्वाभाविकरूपमा भएकै हो, प्रधानमन्त्रीज्यूले जवाफ पनि दिनु भइसकेको छ । पुजारीको राजीनामा स्वीकृति भइसकेको र अदालतका निर्ण्र्ाापालना हुने पनि बताइसक्नु भएको छ । अब यसलाई जुन ढङ्गले हावा दिने कोसिस हामीले देखिराखेका छौँ, त्यसले फेरि हाम्रो धार्मिक आस्थालाई पनि सही ढङ्गले प्रतिनिधित्व गर्न सक्दैन । यसले धार्मिक सद्भाव कायम गर्नुभन्दा पनि साम्प्रदायिकतातर्फधकेल्ने देखिएको छ, त्यसकारण हामी सबैबीच यो विषयलाई लिएर अलिकति कौतूहलता जस्तो अन्योलता जस्तो देखिएको छ । ती सबैलाई हामी के अनुरोध गर्न चाहन्छौँ भने हामीले समस्या समाधान गर्ने वैज्ञानिक प्रक्रियातिर जाँदा राम्रो हुन्छ न कि हामी भावनात्मकरूपले जाँदा । हामीले चाहेका सद्भाव तर हुने साम्प्रदायिकता तर्सथ हामीले सोचेभन्दा विपरीत परिणाम नआओस् भन्ने दिशातिर गम्भीर र यथार्थपरक ढङ्गबाट अघि बढ्नु आवश्यक छ ।
० सेना र सरकारबीच दोहोरी नै चलेको छ भनिन्छ नि ?
अहिले जुन ढङ्गले यो विषय बल्झाइएको छ, यो अहिले नबल्झाउनुपर्ने विषय थियो, बल्झाउन खोजिएको छ । यो बल्झाउनुपर्ने विषय हाम्रो पार्टीे कारणले पनि होइन । हामी सबै राजनीतिक पार्टी र सिङ्गो मुलुकले पनि मानेर आएको १२ बुँदे सहमति हुँदै बृहत् शान्तिसम्झौता र रजनीतिक दलहरूसँग भएका पटक-पटकका सम्झौता यी आफैँमा हाम्रा दस्तावेज हुन् र सेना समायोजना गरेर अगाडि बढ्ने म्यान्डेटहरू हुन् । त्यसकारण त्यो म्यान्डेटभन्दा बाहिर गएर कोही, कसैले बोल्न पनि मिल्दैन र केही गर्न पनि मिल्दैन । त्यही म्यान्डेटअनुसार शान्तिप्रक्रिया सुनिश्चित गर्नु, सेना समायोजन गर्नु महत्वपूण् प्रश्न पनि हो, त्यसलाई अगाडि बढाउने प्रयास हाम्रो पार्टी गरिरहेको छ । जस्तो सहमतिका आधारमा सेना समायोजन विशेष समितिको पर्ुनर्गठन भएको छ अब यसको बैठक बसेर कार्ययोजना अगाडि बढाइने छ, त्यसकारण मूल मुद्दामा प्रवेश गर्न नपाओस् भनेर नै अहिले सेना र माओवादी पार्टीीच र सरकारको बीच अलिकति क्लेश जस्तो वातावरण सिर्जना गर्ने कोसिस भइरहेको छ । यो जुनसुकै कोणबाट र जहाँसुकैबाट भए पनि यसको आशय भनेको मूल मुद्दालाई ओझेलमा पारेर सहायक योजनालाई अगाडि सारेर देशमा फेरि अन्योलता, अस्थिरता पैदा गर्ने कोसिस भएको कि जस्तो लाग्छ ।
० नेपाली काँग्रेसले विभिन्न बाधा, अड्चन गरेर वाइसिएल विघटन गर्नुपर्छ भनेको छ के अब साँच्चै वाइसिएल विघटन हुन्छ त ?
पहिलो कुरा त नेपाली काँग्रेसले जस्तो किसिमले राजनीतिक विषयहरू उठाउन खोजेको छ, त्यसले मुलुकलाई पनि फाइदा गर्दैन र नेपाली काँग्रेसलाई पनि । त्यसकारण हाम्रो अनुरोध उहाँहरूलाई के हो भने यतिबेला मुख्य एजेन्डा संविधान बनाउने एजेन्डामा नयाँ परिस्थितिसँगसँगै सहमति गरेर जादा मात्रै हामी सबैको कल्याण हुन्छ । जहाँसम्म वाइसिएलको प्रश्न छ, वाइसिएल कसैले विघटन गर भनेर विघटन हुने कुरा पनि भएन, कसैले यस्तो गर भनेर त्यस्तो हुने कुरा पनि भएन, वाइसिएल एउटा परिवर्तनकारी युवाहरूको जनसंगठन हो । त्यसकारण यसको सम्पर्ूण्ा राष्ट्रवादी लोकतन्त्रवादी, गणतन्त्रवादी र जनवादीहरूको युवाहरूको प्रतिनिधित्व गर्छ । त्यसकारण त्यसलाई कसैले विघटन गर भनेर विघटन हुने होइन । निश्चय नै वाइसिएललाई हामीले एउटा परिस्थितिमा गठन गरेर यहाँसम्म ल्याउँदा र एउटा संक्रमणकालीन परिस्थितिबाट गुज्रिएर आइरहेको यो परिस्थितिमा हामीले यो विकसित परिस्थितिमा वाइसिएलले मात्र होइन, हामी सबैले आफ्ना कार्यशैलीहरू परिवर्तन गर्ने त्यसलाई परिमार्जन गर्ने र विकसित गर्दै जानु आवश्यक छ । त्यो स्वभाविकैरूप हो, हामीले भनेका पनि छौँ । तर अहिले जता गए पनि वाइसिएल, जे भने पनि वाइसिएल भन्ने गरिएको छ, त्यो भनेको परिवर्तनको तरङ्गले दिएको धक्काबाट अत्तालिएको मनस्थितिको अभिव्यक्ति हो ।
० नेपाली काँग्रेसले बारम्बार असहयोग गरिरहेको छ तर पनि तपाईंहरू सहमति मै अगाडि बढ्ने बताउनुहुन्छ के यो सम्भव छ ?
नयाँ संविधान निर्माण गर्नुको निमित्त मुलुकका प्रमुख राजनीतिक दलहरूबीच सहमति बनाएरै जानुपर्छ । सहमति बन्न सकेन भने संविधान बन्न गाह्रो छ । संविधान निर्माण भएन भने शान्तिसुनिश्चित पनि हुँदैन । त्यसकारण शान्तिप्रक्रियालाई सुनिश्चित गर्ने, देशलाई परिवर्तनमा लैजाने, रूपान्तरणमा लैजाने र जनताको पक्षमा संविधान लेख्ने तथा यो संवैधानिक प्रक्रियाको चरणमा हामी सबै नमिली सम्भव छैन । त्यस हिसाबले हामी जिम्मेवार भए र जनता र राष्ट्रप्रति गम्भीर भएर हामीले सहमति गर्नुपर्छ । हामीले सहमति गर्ने कोसिस गरिरहेका छौँ । त्यसलाई हामीले जिम्मेवारी र दायित्वबोधका साथ उठाइरहेका छौँ । तर, त्यसलाई माओवादीको कमजोरी अर्थात् यसरी अप्ठ्यारो पार्दा माओवादीलाई झुकाउन सकिन्छ भनेर यो कसैले बुझेको छ भने उसले यो गलत बुझिराखेको छ नेपाली काँग्रेसले पनि यसरी गलत नबुझोस् भन्छौँ, हामी किनभने संविधान निर्माणमा ऊ एउटा सहयात्री भएको नाताले । बुझाइमा गलत भइसकेपछि परिणाम गलत निस्कन्छ । अहिले पनि गलत बुझाइको गलत परिणाम नेपाली काँग्रेसले भोगिराखेको छ । अब त्यस्तो नहोस् भन्नको लागि नेपाली काँग्रेसले पनि वस्तुको सही विश्लेषण गर्ने र सही ढङ्गले अगाडि बढ्ने गरोस् भन्ने अनुरोध गर्न चाहन्छौँ ।
० स्थानीय निकायलाई पूण्ता दिने विषयमा के भइरहेको छ ?
सरकार सञ्चालन गर्ने एउटा संयन्त्र बनेको छ, त्यो संयन्त्रको बैठक पनि बसिसकेको छ । स्थानीय निकायलाई तुरुन्त नै गठन गर्नु आवश्यक पनि छ किनभने विकास निर्माणका कामहरू र बजेटलाई कार्यान्वयन गर्न पनि स्थानीय निकायलाई पूणाता दिन ढिला भइसकेको छ । यसलाई पूणाता दिन एउटा खाका तयार गर्न एउटा समिति बनेको छ र यो समितिले कार्य अगाडि बढाइसकेको छ । अब तुरुन्तै एउटा सहमतिमा पुगेर स्थानीय निकायलाई पूणाता दिने काम हुनेछ ।
० सरकारमा सामेल भएपछि माओवादी पार्टीीत्र पनि सुविधाभोगी जमातको विकास हुन पुगेको छ भन्छन् नि ?
यसलाई हामीले सापेक्षित ढङ्गले हेर्नुपर्छ । हामीदृढताका साथ के भन्छौँ भने हाम्रो पार्टीीत्र अहिलेसम्म कुनै त्यस्तो किसिमको गलत क्रियाकलाप गर्ने, सत्तालोलुप र सुविधाभोगी बनेको छैन । निश्चितरूपमा राज्यबाट प्राप्त हुने सुविधा न्यूनतमरूपमा दिनुपर्ने बाध्यता हुँदोरहेछ र अहिलेको आवश्यकताअनुसार सुविधाहरू लिनुपर्दो रहेछ । समग्रमा भन्नुपर्दा बाहिर जुन ढङ्गले कुराहरू आइरहेका छन्, नेकपा माओवादीमा त्यस्तो प्रवृत्ति छैन र त्यस्तो हुनु पनि सक्दैन । सुविधाभोगी भयो भने त्यो नेकपा माओवादी हुँदा पनि हुँदैन । हामी यही समाजभित्र छौँ, यही समाजभित्रका उत्कृष्ट मानिसहरू नेकपा माओवादीमा छन्, त्यो समयसापेक्षिक भएको हुँदा केही त्यस्ता गलत प्रवृत्तिहरू गलत कार्यहरू, गलत सोचहरू, केही त्यस्ता सुविधाभोगी प्रवृत्तिहरू छँदैछैनन् भन्ने होइन । तर, फेरि एकता, संर्घष र रूपान्तरणको जुन माओवादीको प्रचण्डपथीय सिद्धान्त अँगालेका छौँ, त्यही विधिलाई दह्रोसँग अवलम्बन गरेर हामी फेरि र्सवहारा राजनीति संस्कृति विचार र आचरण दुवैबाट नेकपा माओवादी खरोरूपमा उत्रँदै जाने छ ।
० अहिलेसम्म नेकपा माओवादीको केन्द्रीय सदस्यहरूको कुनै व्यक्तिगत सम्पत्ति छैन भनिन्छ । तर, अब एकीकरण हुँदा बन्ने केन्द्रीय सदस्यहरूको व्यक्तिगत सम्पत्तिका विषयमा पार्टी कस्तो नीति लिन्छ ?
सिद्धान्ततः कम्युनिस्ट पार्टी आबद्ध नेता कार्यकर्ताको कुनै व्यक्तिगत सम्पत्ति हुनुहुँदैन किनभने कम्युनिस्ट पार्टीे लक्ष्य र आदर्श भनेको समाजवाद र साम्यवाद नै हो । समाजवाद र साम्यवाद भनेको सामूहिक र र्सार्वजनिक सम्पत्ति नै हो र निजी सम्पत्तिको उन्मुलन हो, त्यसकारण यो मामिलामा सैद्धान्तिक विवाद कुनै पनि क्रान्तिकारी कम्युनिस्टहरूमा हुँदैन भन्ने मलाई लाग्छ । सम्पत्ति सबै झुक्काएर मात्रै र्सवहारा हुन्छ भन्ने कुरा पनि होइन । उत्पादन सम्बन्धमा परिवर्तन नगरीकन ठूलाठूला क्रान्तिकारी कुरा गरेर मात्रै क्रान्तिकारी होइन्छ भन्ने पनि होइन, यसकारण यसको द्वन्द्वात्मक संयोजन गरेर जानुपर्छ । हामीले राजनीतिक परिवर्तनसँगसँगै राजनीतिक परिवर्तनको लक्ष्य, उत्पादन सम्बन्धमा र स्वामित्वमा परिवर्तन गर्नुपर्ने हुन्छ । त्यसकारण हामीलाई के विश्वास छ भने अहिले हामी जो एकीकृत भएर गइराखेका छौँ । हामी एउटा बलियो कम्युनिस्ट पार्टीीनाउन जाँदैछौँ, त्यसैले स्वभाविकरूपमा राजनीतिक परिवर्तनसँगै उत्पादन सम्बन्धको परिवर्तन त्यो पार्टीीत्र पनि त्यो पार्टीाहिर पनि हुँदै जान्छ । त्यसकारण यसमा कुनै जटिलता आउँछ भन्ने मलाई लाग्दैन ।
० सहिद परिवार र बेपत्ता परिवारका सम्बन्धमा सरकारले उल्लेख्य कार्य गर्न नसकेकै हो ?
निश्चय नै जुन अपेक्षा सहिद परिवारले र बेपत्ता परिवारले गरेका थिए अर्थात् जुन दायित्व थियो, त्यो सबै सरकारले पूरा गरिसक्यो भन्ने होइन र केही गर्दै गरेन भन्ने त्यो पनि होइन । पहिलो कुरा त हिजो एकले अर्कालाई हत्यारालगायत भन्दै आएका विपरीत मान्छेहरूको बीचबाट पनि जनयुद्ध र जनआन्दोलनमा र मधेस आन्दोलनमा जुन मान्छेहरू मारिए ती सबैलाई राज्यले सहिद घोषणा गर्यो, त्यो आफैँमा ठूलो काम हो र यो ऐतिहासिक काम हो । त्यसपछि जुन राहत दिने प्रक्रियाको सुरुबाट गरेका छ अब अहिले जुन समयमा नै गर्न नसकिएको भन्ने छ बेपत्ताको स्थिति र्सार्वजनिक गर्नको निमित्त जुन आयोग बन्नुपर्ने हो, त्यो आयोग बन्न ढिलाइ भइरहेको छ । त्यसमा सरकार गम्भीर छ । यसरी हर्ेदा कामै भएन भन्ने होइन, प्रयासहरू भइरहेका छन् तर जति हुनुपर्ने हो, त्यति भइरहेको भने नभएको स्थिति छ ।
० नेकपा माओवादीको मुख्य सचेतकको नाताले संविधान निर्माणका समयका बारेमा यहाँको के धारणा छ ?
नेकपा माओवादी, विधायिका संसद्को प्रमुख सचेतकको नाताले भन्नुपर्दा निश्चय नै संविधान बनाउने काम चुनौतीपूण र कठिन छ, त्यो समयका दृष्टिले पनि विषयवस्तुका दृष्टिले पनि तर पनि काम सुरु भइरहेको छ र विश्वास के छ भने हामी द्रूततर गतिमा अघि बढ्यौँ र सहमति बनाएर जान सक्यौँ भने समयमै संविधान बनाउन सक्छौँ र त्यो संविधान जनताकै पक्षमा बन्छ भन्नेमा पनि विश्वस्त छौँ ।
० जनताको पक्षमा संविधान बनाउँछौँ त भन्नुभयो तर तपाईंहरूको जनगणतन्त्रको नाराचाहिँ कहाँ पुग्यो ?
जनगणतन्त्रको नारा यही नेपाली समाजमै छ । गणतन्त्र स्थापना भइसकेको छ, त्यो गणतन्त्र अहिले संक्रमणकालभित्र लोकतान्त्रिक गणतन्त्रको रूपमा छ । यो गणतन्त्र जनताको गणतन्त्रको रूपमा सुदृढ हुन्छ र यो संविधान जनसंविधान बन्छ र जनताको संविधानले फेरि जनगणतन्त्रलाई पनि टेवा पुर्याउँछ भन्ने हो र यी एकअर्कामा अन्तरसम्बन्धित छन् ।
० अन्त्यमा यस क्षेप्यास्त्र साप्ताहिकमार्फ् आमनेपालीलाई के अपिल गर्नु चाहनुहुन्छ ?
सबै देशबासीहरू, समाजका प्रबुद्ध व्यक्तिहरू, सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरू तथा पत्रकारहरू र विभिन्न पेसागतरूपमा रहनुभएका प्रबुद्ध व्यक्तिहरू, मजदुर किसान, महिला, जनजाति सबै तह र तप्काका सम्पूण् जनसमुदायलाई के अपिल गर्न चाहन्छु भने परिस्थिति जटिल मोडमा छ । एकातिर राष्ट्रिय विखण्डनका कुराहरू उठ्न थालेका छन् भने अर्कोतिर संविधान निर्माणको प्रक्रिया यो गणतन्त्रलाई सुदृढ बनाउने र जनताको पक्षमा बनाउन कार्यमा अवरोध गर्ने यथास्थितिवादी प्रवृत्तिहरू अहिले चलखेल गरिराखेका छन् र पहाड जस्तै भएर हामी सामु उभिराखेको छ र यसको सामना गर्दै अघि बढ्नको लागि हामी सबैले गम्भीर भएर अग्रगामी सोच र वस्तुवादी सोचका साथ हाम्रा काम गर्ने तरिकाहरूलाई नयाँ ढङ्गले बदलेर अघि बढ्नु आवश्यक छ । मुख्य कुरा हामी बद्लियौँ भने मात्र नेपाल बद्लिने हो, प्रणाली बद्लिने हो त्यसकारण प्रणाली बदलनको लागि पहिले हामी बद्लिनुपर्छ । त्यसकारण हामी सबै नयाँ सोच र शैलीमा अगाडि बढौँ रूपान्तरित भएर अगाडि बढौँ स्वाभाविकरूपमा रूपान्तरित नेपालमा समृद्ध नेपाल बनाउन र जनताको संविधान निर्माणमा हामी सफल हुनेछौँ ।
– { आज बिहान निधन भएका एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीप्रति हार्दिक श्रद्धान्जली एवं परिवारजनहरु प्रति हार्दिक समवेदना प्रकट गर्दै उहाको सम्मान स्वरुप क्षेप्यास्त्र साप्ताहिकले २०६५ पुष २७ गते लिएको अन्तर्वार्ता यहाहरु समक्ष प्रस्तुत गरिएको हो ।}

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु