हामी छौं साथ -छ हातमा हात भन्दै आए शिव लामिछाने

२०७७ असार २२ गते, सोमबार

काठमाडौँ, २२ असार । बिश्वब्यापी महामारी कोरोनाको आतंक पहिले भन्दा निक्कै कम भएपनि कोरोना संक्रमितहरु दिन प्रतिदिन बढी नै रहेको छ र लगभग चार महिनाको अवधिमा बिस्वकै अर्थतन्त्रमा निक्कै नै गिरावट आइसकेको छ I बिस्वलाई नै प्रभावमा पारेको यो प्रकोपले हाम्रो देश नेपाललाई नछुने कुरै भएन I भूकम्पले थालिएर बिस्तारै चल्बलाउदै गरेको यो अवस्थामा कोरोना प्रकोपले पुरै धरासायी भएको छ र यसको लागि हामी सबै नेपाली एक हुनु जरुरि छ र सम्पूर्ण बिस्वलाई हामी नेपाली एक छौ भन्ने देखाउने यो सुनौलो दिन पनि रहेको बताउँदै चर्चित गायक शिव लामिछाने ‘शिबाज’ले आफ्नो नयाँ गीत ‘हामी छौं साथ छ हातमा हात’ म्युजिक भिडियोसहित निकालेका छन् I
कृपा अनप्लगड जस्तो चर्चित म्युजिकल शो समेत परिकल्पना तथा निर्माण गरेका गायक शिव लामिछानेले कृपा दृश्य डिजिटलको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरेका छन् I हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन रहेको छ भने रञ्‍जित बल्लभ उप्रेती भिडियो सम्पादन गरेका छन् I भिडियोमा कलाकारको रुपमा नेपाल लगायत चीन , जर्मनी , हंगकंग लगायतका देशहरुबाट ४८ जना नेपालीहरुको संग्लनता रहेको छ I महामारीको प्रकोप संगै देशको अर्थ राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाई ,दिदि बैनी ,इस्टमित्र , आमा -बाबु ,परिवारको मुहारमा केहि उज्यालो आवोश भन्ने मेरो मात्र नभएर हामी सबैको आकांछा रहेको गायक शिब लामिछाने बताउंछन् I उनि थप्छन – विगत देखि नै जे जस्तो परिस्थिति आउँदा पनि हामी नेपालीले हरेक परिस्थितिको सामना गरेका छौं र गर्ने नै छौं। हाम्रो सब भन्दा ठूलो सम्पत्ति भनेको नै एक अर्काको साथ हो I र गायक लामिछानेको यो गीतले पनि भनेको छ – हामी छौं
साथI
एउटै छ सुर्य हाम्रो
एउटै छ चन्द्रमा
बद्लिनु छ परे भने
परिस्थिति मिलिजुलि
सपार्नु पर्छ छोरा बनि
समाल्नुनि छ हाम्रो यो देश लाई
हामिछौं साथ छ हातमा हात
मिलांउदै जो कांधमा कांध
हेर ती आंखा हरुमा
आसा हरु कति छन्
पढ यी हत्केला हरु
भविस्य आफै बनाउने छौ
आज नै हो यो आयो दिन
सन्सार लाई देखाउने
हाम्रो श्रम हाम्रो काम
यहि हो हाम्रो उन्नति
हामी छौं साथ छ हातमा हात
मिलांउदै जो कांधमा कांध

प्रतिक्रियाहरु