हात्ती महोत्सव !

२०७४ पुष ११ गते, मंगलवार

काठमाडौँ , ११ पुस । आजदेखि चितवनको सौराहामा १४ औं संस्करणको ‘चितवन हात्ती महोत्सव’ सुरु हुँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्यान्ह १२ बजे महोत्सव उद्घाटन गर्ने कार्यक्रम छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भईसकेको आयोजक क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिए । ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ हुन लागेको महोत्सव पुस १५ गतेसम्म चल्नेछ । यसले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने छ । महोत्सवमा विगतका वर्षहरुमा भन्दा कार्यक्रमहरु परिमार्जित गरिएका छन् ।
यसवर्ष हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, छावाहरुको फुटबल प्रतियोगिता, हात्ती श्रृंगार प्रतियोगिता महोत्सवको आकर्षण रहेका छन् ।
त्यसैगरी हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टिङ प्रतियोगिता, हात्ती बाथिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम राखिएको छ । महोत्सव अन्तर्गत हात्ती बनभोज कार्यक्रमसँगै, हात्ती फाष्टवाक प्रतियोगितामा २० वटा, छावाहरुको फुटबल प्रतियोगितामा १० वटा, हात्ती श्रृंगार प्रतियोगितामा ५ वटा, हात्ती पोलो प्रतियोगितामा ८ वटा, हात्ती पेन्टिङ प्रतियोगितामा ५ वटा, हात्ती बाथिङ कार्यक्रममा ५ वटा हात्तीलाई सहभागी गराईने महोत्सवका संयोजक दीपक भट्टराईले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार