हात्ती महोत्सव पुस १० देखि

२०७६ मंसिर २१ गते, शनिबार

काठमाडौँ । यस वर्षकाे हात्ती महाेत्सव आगामी पुस १० गतेदेखि चितवनको सौराहामा हुने भएको छ । यो महोत्सव १६ औं संस्करण हो । अंग्रेजी वर्ष सन् २०२० लाई स्वागत गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको महोत्सव ६ दिनसम्म चल्नेछ । महोत्सवमा हात्ती फुटबल, हात्तीपोलो, हात्ती फास्टवाक, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोजसँगै हात्तीका गतिविधिसँग सम्बन्धित विभिन्न खेलहरु हुनेछन् । सौराहाको बाघमारा चौरमा हुने महोत्सवमा ५० कक्ष रहनेछन् । ती कक्षमा पर्यटकका लागि लक्षित विभिन्न प्रकारका खानासँगै हस्तकलाका सामग्री राखिने छन् । महोत्सवको समापनसँगै विशेष कार्यक्रम गरी भ्रमण वर्षलाई स्वागत गर्ने तयारी गरिएको आयोजक संस्था क्षेत्रीय होटल संघले जनाएकाे छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

सलहेश फूलबारी मेला सुरू

२०८१ बैशाख १ गते, शनिबार