हाइ प्रोफाइलका जुवाडे प्रहरी नियन्त्रणमा

२०७६ कार्तिक १० गते, आईतवार

काठमाडौँ , १० कार्तिक । काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालापछाडि रहेको विक्रम पौडेलको घरमा प्रहरीले छापा मारेर जुवाखालबाट ‘क्यासिनो किङसहित २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट २ करोड ६७ लाख नगद र ३ लाखको चेक बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरूको नाम प्रहरीले खुलाएको छैन । स्रोतका अनुसार, पक्राउ पर्नेमा‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले), इन्द्र बानियाँ, शोभित सिलवाल लगायत छन् । पक्राउ पर्नेहरुमा व्यापारी, ठेकेदार, मारवाडी समुदायका व्यक्तिहरु रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेहरुमा क्यासिनोमा मिटर ब्याजको धन्दा चलाउने ‘बलराम’ भनिने बले सापकोटा, शोभित सिलवाल लगायतका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु