हाइकु गोष्ठि सम्पन्न

२०७६ कार्तिक २५ गते, सोमबार

काठमाडौँ , २५ कार्तिक । काठमाण्डौँ उपत्यका सार्वजनिक पुस्ताकालयको सभाहलमा हाइकु गोष्ठि सम्पन्न भएको छ । कवि सुनिल पुरीको सभापतित्वमा भएको हाइकु गोष्ठिको प्रमुख आतिथ्यता वरिष्ठ साहित्यकार पुष्कर लोहनीको रहेको थियो । पुस्ताकालयको तर्फबाट स्वागत मन्तव्य जुजु डंगोलले गरेका थिए । उक्तकार्यक्रमको अन्य अतिथितिहरुमा इन्जिनियर गोधूली दीनेश , इन्जिनियर एवम् साहित्यकार विष्णुवहादुर सिंह र नुवाकोट बट्टार क्याम्पसका अध्यक्ष एवम् साहित्यकार श्रीराम श्रेष्ठ ,डा. बमबहादुर जिताली रहेका थिए । कार्यक्रममा रेनुका भट्टराई ,शान्ति सापकोटा , टेक बहादुर लौडारी ,ललिता दोशी ,सुमी लोहनी , शान्ति नारायण श्रेष्ठ , राजबाबु श्रेष्ठ ,प्रेम राई परीक्षित , जनार्दन अधिकारी धड्कन ,वासुदेव ठकुरी लगायतका साथीहरुले हाइकु वाचन गरेका थिए । सो समारोहको कार्यक्रम सञ्चालन कवि वैरागी जेठाले गरेका थिए ।

प्रतिक्रियाहरु