हस्तलिखित राहदानीको म्याद सकिदै

२०७२ मंसिर ७ गते, सोमबार

काठमाडौं, ७ मंसिर । हस्तलिखित राहदानीको म्याद आजवाट समाप्त हुदैछ । सरकारले आजदेखि नै राहदानी प्रत्यक्ष दर्ता अर्थात लाइभ इनरोलमेन्ट प्रणाली लागु गर्ने जनाएको छ । अबदेखि भ्याद र भिसा भएका हस्तलिखित राहदानी पनि नचल्ने भएकाले तत्काल मेसिन रिडेबल पासपोर्ट एमआरपी बनाउन राहदानी विभागले सबैसँग आग्रह गरेको छ । आज मध्यरातदेखि बाध्यकारी रुपमा विश्वभर हस्तलिखित राहदानी नचल्ने भएपनि कतिपय देशले ६ महिना अघिदेखि नै हस्तलिखित राहदानी भएकालाई भिसा नदिएर एमआरपी भएकालाई मात्र दिँदै आएका छन् ।
हस्तलिखित राहदानी बोकेर नयाँ ठाउँमा जान नपाएपनि तत्कालका लागि फर्किन भने समस्या नहुने राहदानी विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिनुभयो । भिसा हस्तलिखित पासपोर्टमा लागेको छ र नयाँ एमआरपी बनेको छ भने दुवै राहदानी बोकेर हिँड्न विभागले आग्रह गरेको छ ।
सरकाले पाँच वर्षअघि एमआरपी सुरु गरेको थियो । पाँच वर्षको अवधिमा झण्डै ३८ लाख एमआरपी बनेको सरकारी तथ्यांक छ । द्रुत र सामान्य गरी दुई खालको समय लागएर एमआरपी बनाइने गरेको छ । यसअघि १० दिन लाग्ने द्रुत सेवा अन्तर्गतको एमआरपी अब पाँच दिनमा नै तयार हुने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार