हवाई मार्गबाट औषधी ल्याइने

२०७२ कार्तिक ३० गते, सोमबार

काठमाडौं, ३० कात्तिक । नेपाल औषधी व्यवसायी संघले यसै हप्ताभित्र वायु सेवा निगमको जहाजमार्फत आइसियु, सिसियुसहित अत्यावश्यक औषधी ल्याउने गृहकार्य भैरहेको जनाएको छ । संघका केन्द्रीय अध्यक्ष मिर्गेन्द्र मेहर श्रेष्ठका अनुसार औषधीलाई पहिलो प्राथमिकतामा राखेर आयात गरिदिन निगमसँग आग्रह गरिएको छ । तत्कालका लागि भारतको दिल्ली र मुम्बईबाट औषधी ल्याइने श्रेष्ठले जानकारी दिए ।
औषधीको गुणस्तरलाई कायम राख्न औषधी व्यवस्था विभागमा दर्ता भएका कम्पनीका औषधी मात्र खरिद गरिनेछ । यस्तै औषधीको अभाव हुन नदिन सरकारले गठन गरेको कार्यदलले पनि पहल भैरहेको जनाएको छ । परराष्ट्र मन्त्रालय मार्फत रक्सौल नाकामा अड्कीएका साढे ३ सय ट्रक औषधी नेपाल भित्र्याउन पहल भैरहेको हो । कार्यदलले अहिले स्टकमा रहेको औषधी पनि इन्धन अभाव र तराईमा भैरहेको आन्दोलनका कारण विभिन्न ठाउँमा पुर्‍याउन नसकेको भन्दै सुरक्षा दिन गृह मन्त्रालयको ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु