हवाई दुर्घटना बिमा रकम आठ गुणाले बढ्दै

२०७५ भाद्र ६ गते, बुधबार

काठमाडौं , ६ भदौ । पछिल्लो समय विमान दुर्घटन बढ्दै गएकाले हवाई दुर्घटनाका पीडित परिवारले बिमाबापत पाउने रकम ८ गुणाले बढ्ने भएको छ । नागरिक उड्डयनसम्बन्धी महत्त्वपूर्ण अन्तराष्ट्रिय मोन्ट्रियल महासन्धीलाई नेपालले अब चाँडै अनुमोदन गर्न भएपछि विमान दुर्घटना बिम पनि बढ्न लागेको हो । हवाई परिवहन विषयक नियमहरू एकिकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त महासन्धि नेपालमा दर्ता भएका अन्तराष्ट्रिय हवाई कम्पनीहरूका लागि लागु हुनेछ। साथै यसले उडानमा हुने ढिलाइका बारेमा समेत सम्बोधन गर्ने बताइएको छ।
१९९९ देखि लागु भएको उक्त महासन्धि अनुमोदन भएमा नेपालको हवाई उडान क्षेत्रको ठूलो उपलब्धी हुने विज्ञहरू बताउँछन्। हाल हवाई दुर्घटनामा भएको मानवीय क्षतिका लागि पीडितका परिवारलाई वार्सा महासन्धी र हेग प्रोटोकलअनुरूप विमान कम्पनीहरूले बिमा रकम २० हजार अमेरिकी डलर दिँदै आएका थिए। जुन रकम अत्यन्त न्यून भएको र जसको कारण सरकारले अन्तराष्ट्रिय हवाई उडान सम्बन्धी मोन्ट्रियल महासन्धि अनुमोदन नगर्नु रहेको बताउने गरिएको थियो। – बीबीसी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु