प्रधानमन्त्रीलाई खुल्ला पत्र , युवाहरुलाई अपहेलना र पलायन गराएर समृद्धि आउँछ र ?

२०७६ जेष्ठ १ गते, बुधबार

सम्माननिय प्रधानमन्त्री ज्यु हार्दिक नमस्कार !
सम्मानिय प्रधानमन्त्री ज्यु सर्वप्रथआज देशको दक्ष जनशक्ति पलायन र निराशामा छ । मजदुर समस्या र समाधान एन र नियम भित्र कागजमा सिमित राखिएको छ।अहिले सबै तिर हरेक बस्तुको मुल्य दलाली कारणको चरम चुलीमा पुगेको छ ।
श्रम र पसिना बगाउ तर ज्याला र गासँ बासँको आशा नगर भनेझैं चारैतिर त्यस्तै किसिमको बिभेद देख्न सकिन्छ ।
त्यसको मुख्य समस्या भनेको मजदुरलाई श्रम शाेसष गर्ने र मुनाफाको निम्ति सस्तो भाउ खोजेर ठेकेदार कम्पनी मार्फत मजदुरको भाउ ताउ गर्ने पुरानै सैलीले निरंतरतामा पाएको छ ।सम्मानिय प्रधानमन्त्री ज्यु “मजदुरलाई कहिले नयाँ बर्ष आएको दिन छैन। गणतन्त्र दिवस कहिले आउँछ थाहा छैन न संविधान दिवस न कुनै बार पर्व सबै बेला श्रम मै दिन बिताएका मजदुरको खुसियाली कहिले आउँछ प्रधानमन्त्री ज्यु !
एकातिर समृद्ध नेपाल र खुसी नेपालीको नारा चलेको छ आर्को तिर युवा पलायन र बेरोजगार बढिरहेको छ । संविधान बनेको छ !दुई तिहाइ सरकार केन्द्र देखी प्रदेश सम्म चलेको छ । तर प्रधानमन्त्री ज्यु मजदुरले काम गरेको दाम मरेको छ ।लाखौं श्रमजिवी रगत पसिना बगाउन तयार छन् । तर बिभेद पुर्ण ढङ्गले लादिएको ठेकेदारी पर्थाले निराशामा जिबन चलाउन बिवश छन् । राणा शासन मजदुरको हितमा थिएन । त्यसकारण त्यतिबेला बेला नेपालको इतिहासमै पहिलोपल्ट नेपाली मजदुरहरुले स्वतन्त्र टे«ड यूनियनको नाममा काम अनुसारको दाम चाहियो । भन्दै विराटनगरस्थित जुट मिलमा कार्यरत मजदुरहरु पहिलोपल्ट आन्दोलित भएका थिए । अहिले नेपालमा औद्योगिकीकरण बढ्दो मात्रमा छ ।
सयौं यृयियन बजार आएका छन् । तर बैज्ञानिक ढङ्गले मजदुरको दीर्घकालीन हित सोचिरहेको छैन ।
के यहीँ ठेकेदारी पर्थाले मजदुरको समस्या समाधान गर्न सक्छ त प्रधानमन्त्री ज्यु? मजदुरहरु ईमानदार कामको खोजीमा छन् ।तर त्यही मजदुरको ब्यापारीकारण गर्ने ठेकेदार कम्पनी मजदुर ठगेर मुनाफा खोजिरहेको छ ।खै किन जादैन राज्यको ध्यान प्रधानमन्त्री ज्यु ?
यतिबेला मजदुरवर्ग अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिका तपाईं नै जानकार हुनुहुन्छ।एकातिर श्रम एन २०७४ जारी भएको छ । तर जारी भएको लामो समय झन्डै एक बर्ष बितिसक्दा पनि कार्यनयनको कुनै संभावना छैन । मन्त्री सांसद र जनप्रतिनिधिहरुको सेवा सुविधा बढ्यो भन्ने कार्यनयन गर्न एक दिन पनि लाग्दैन प्रधानमन्त्री ज्यु चिनी,तेल,ग्यासको मुल्य बढेको दिन बाट नै कार्यनयन हुन्छ ।तर मजदुरले दुख कष्ट संग संघर्ष गरेर प्राप्त गरेको श्रम एन चै किन लुकाएको होला? मजदुर पीडित र अपहेलित नागरिक भएकै कारण श्रम एन कार्यनयन नभएको होकि प्रधानमन्त्री ज्यु ? सम्मानिय प्रधानमन्त्री ज्यु देश संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक घँषणा भएको छ कम्युनिस्ट पार्टीको अध्यक्ष प्रधानमन्त्री सहित दुई तिहाइ बहुमतको सरकार तपाई संग छ । बिडम्वना भन्नु पर्छ ! मजदुर वर्गलाई श्रम पसिना र रगत बेचेर पनि बाँच्न मुस्किल हुन्छ भन्ने ।इतिहासको निकै लामो पछि आएको दुई तिहाइ सरकार त्यहीँ कारण असफल हुने त होइन चारै तिर बहस केन्द्रित भएको छ।
प्रधानमन्त्री ज्यु त्यहीँ मजदुरलाई मुनाफामा प्रयोग गर्ने ठेकेदार कम्पनीहरुको एउटा वर्गको अवस्था रातारात परिवर्तन भएर हराबरा छ । साच्चिकै देश समृद्ध बनाउने हो भन्ने पहिलो आधार मजदुर नै हो ।आज पुजीवादी मुलुक मलेसिया,दुबै, साउदी र कतार लगाएतका अनेक देशले पनि त्यहाँका नागरिक मजदुरको दैनिकीलाई सहज गर्न गासँ बास शिक्षा स्वास्थ सुनिस्चित गरेर मात्र देश सम्पन्न भएका छन् । मजदुर समस्याको सहज समाधान मजदुर कोट लगाएतका अनेकौं कानुन बनाएका छन् । तर नेपालमा लामो समय देखी मागिरहेको हकहित जारी हुँदापनि कार्यनयन हुदैन ।
यतिबेला ठुला ठुला बहुराष्ट्रिय कम्पनीहरु सन्चालन र खोल्ने क्रम चलिरहेको छ ।
यदि समाजवादी अर्थ व्यवस्थामा आधारित राज्य हो भन्ने मालिक र मजदुरको संतुलन ल्याउन जरुरी छ । समाजवादी अर्थनीति अनुसार बहुराष्ट्रिय कम्पनीको मुनाफाको स्रोत श्रमिकहरु नै हो प्रधानमन्त्री ज्यु अहिले बिचमा घुमिरहेको मजदुर माथिको दलालीकारणको सिन्डिकेट अहिलेको मुख्य समस्या हो ।
श्रमशोषण एकातिर !नियम कानुन त्यहीँ श्रमशाेषण गर्ने ठक्दारको पैसा तिर जानु लोकतान्त्रिक व्यवस्था माथि कै अपहेलना होला नि प्रधानमन्त्री ज्यु ?आज कुनै पनि मुलुक सम्पन्न भएको छ भन्ने मजदुरपक्षीय समस्या समाधान दिएर मात्र भएको छ । जारी भएको श्रम एन अहिले बिक्रेस संग लुकामारी गर्दै कार्यनयनमा आउन सकेन भन्ने हाम्रो बुझाई हो। श्रमजिवीका मुद्धालाई संविधानको पानामा लुकाएर मजदुर विरुद्धको दलालीकारण रहिरहन सम्भव होला त प्रधानमन्त्री ज्यु ! मजदुरको नाम भजाएर चुनाव जित्ने दिनपनि आउला नि?
मजदुरहरुलाई सामान्य सेवा, सुविधा र जालझेलमा सीमित पारेर कस्तो किसिमको समृद्धिको कल्पना गर्ने ? कसरी खुसी नेपाली हुने ।प्रधानमन्त्री ज्यु मजदुर अधिकार ग्यारेन्टी बिनाको राज्य सत्ता कहाँ टिकेको छ ?
मेसिन संग प्रतिस्पर्धा गर्ने श्रमिक बर्गको अवस्था निकै कष्टकर छ ।दिनलाई रात र रातलाई दिनमा बिताउने श्रमिकको श्रम खानेहरुहरु रातारात परिवर्तन भएका छन् ।त्यहीँ श्रमिकको भोटले जित्ने जनप्रतिनिधिहरु पनि त्यहीँ श्रमिकराहरुको प्रतिनिधि जस्तै भएका छन् ।अहिले हाम्रो प्रतिनिधि नै छैनन् कि भन्ने भान्न भएको छ प्रधानमन्त्री ज्यु ?
सिहदबार देखी बस्ती बस्ती सम्म श्रमिक अधिकारको आवाज दन्किन्छ तर कार्यनयन सुन्य जस्तै भएको छ प्रधानमन्त्री ज्यु । प्रधानमन्त्री ज्यु मजदुर भनेको भ्रष्टाचारी,दलाल हैनन ! बरु युग परिवर्तन गर्न सक्ने साहस भएका शक्ति हो ।तपाईं कै सरकारले जारी गरेको सामाजिक सुरक्षा एन र श्रम प्रभावकारी कार्यनयन हुन् सकेको छैन ।आज श्रमिकहरुले लोकतान्त्रिक गणतन्त्र र गाउँ गाउँमा आएको सिहदबारको महसुस गर्न पाएका छैनन् । हुन त सम्मानिय प्रधानमन्त्री ज्यु मैले कुनै लेख र रचना मार्फत पनि यी पिडाहरु व्यक्त गर्न सक्थे तर खुला पत्र नै किन लेख्न मन लाग्यो भन्ने कम्युनिस्ट पार्टीको अध्यक्ष सरकार प्रमुख
सहित सत्तामा आसिन रहेको बेला आसा अपेक्षा धेरै नै हुन्छ । हुन त मेरो पत्र तपाईं समक्ष पुग्न नसक्ला । पुगेपनी जवाफ नहोला । त्यो सबै थाहा हुँदा हुँदैपनि । कम्युनिस्ट पार्टीको अध्यक्ष सरकार प्रमुख रहेको बेला एक श्रमिकले प्रधानमन्त्रीको नाममा लेखेको पत्रले इतिहासमा गएर महत्त्व राख्नेछ भन्ने ठानेको छु। सामन्य नागरिक र श्रमिकले उठाएको बिसयमा देशको कार्यकारी प्रधानमन्त्री कतिको जानकार हुनुहुन्छ भन्ने आम प्रश्न पनि हो । दैनिकी ठुला ठुला मिडिया, टेलिभिजनको पर्दामा छाउने विद्धान,बुद्धिजीवी, बिश्लेसक, राजनीतिक नेताको टिका टिप्पणीलाई मात्र महत्त्व दिने परम्परा रहिआएको छ । प्रधानमन्त्री ज्यु हामी त्यस्तो देशको नागरिक हो। जहाँबाट देशको अथाह संभावना बोकेका स्रोत श्रम र सिपलाई पलायन र निराश बनाएर बहादुर भएका छौ ।अरुको लागी लडेर पटक पटक बहादुर बन्ने नेपाली के हामी हाम्रो देशको स्वाभिमानलाई जोगाएर बहादुर बन्न सक्दैनौं र ?प्रधानमन्त्री ज्यु मजदुर आयोग र मजदुर हकहित आधारित कानुनी सेवा स्थापना अनिवार्य छ प्रधानमन्त्री ज्यु ? दक्षजनशक्ति अथाह सिप र श्रमको मेहनती युवाहरुलाई अपहेलना र पलायन बनाएर समृद्धि आउँछ र ? स्वाधीन र स्वाभिमानी बनाएर सिप र पसिना आफ्नै देशमा बगाएर ! पसिना र श्रमकाे सुरक्षा गरेर मात्र समृद्धि पो आउँछ होला नि ?
प्रधानमन्त्री ज्यु राज्यको उधोग बेच्ने मजदुर होइन भ्रष्टाचार गर्ने मजदुर होइनन् ।कर छली गर्ने मजदुर होइनन् ।हामीले त बरु तपाईंले जारी गरेको करको भागिदार भएका छौ नि ? यति गर्दा पनि किन अन्यायमा छौ प्रधानमन्त्री ज्यु ? पत्रको अत्यमा समृद्धिको सुन्दर सपना श्रमिक र उत्पीडितहरुले न्याय पाए मात्र पुरा हुनेछ । साच्चिकै समृद्ध नेपाल र खुसी नेपाली ल्याउने नै हो भन्ने हरेक क्षेत्रमा रहेको परम्परागत सिन्डिकेट खारेज गर्नु पर्छ । – उहि श्रमिक टिकाराम वली

प्रतिक्रियाहरु