हरिसिद्धि इट्टाको जग्गा बेच्ने कारवाहीमा पर्ने

२०७४ फाल्गुन १२ गते, शनिबार

काठमाडौ , १२ फागुन । नेपाल कम्युनिष्ट पार्टीले भ्रस्ट जनप्रतिनिधिलाई कारवाही गर्ने चेतावनी दिएको छ । नेकपा ललितपुरका सेक्रेटरी विपिनले बिज्ञप्ती जारी गर्दै हरिसिद्धिमा रहेको हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गा बेच्ने कार्यमा जनप्रतिनिधिदेखि अन्य केही व्यक्तिहरु लागेको भन्दै उनीहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन । नेकपाले कारखाना जोगाउन र जग्गा बेच्ने कार्यमा रहेका दलालहरुको भण्डाफोर गर्न, त्यहाँ काम गर्ने मजदुरकोअधिकार रक्षा र उद्योगको जग्गा जोगाउन तत्काल आन्दोलन गर्ने चेतावनी दिएको पनि दिएको छ । सेक्रेटरी विपिनले इट्टा कारखाना बेच्न भूमाफियादेखि केही जननिर्वाचित व्यक्तिहरु समेत लागेको तथ्य सार्वजनिक भएको भन्दै तत्काल त्यस्तो हर्कत बन्द नगरे कारवाही गर्न बाध्य हुने चेतावनी दिएका हुन् ।
हरिसिद्धि इट्टा तथा टायल कारखाना पाँच दशक अगाडी चीन सरकारको सहयोगमा स्थापना भएको उद्योग हो । ७०० रोपनी जग्गामा फैलिएको उक्त उद्योग अहिले विभिन्न भूमाफियाहरुको कारण सबै व्यक्तिको नाममा पारिएको र मनलाग्दी पाराले विक्री गरिएको भन्दै विप्लव पार्टीले उद्योग जोगाउन आन्दोलन चर्काउने दावी गरेको हो । विपिनको नाममा प्रकाशित विज्ञप्तीमा भूमाफियाहरु भनेर नामावली समेत सार्वजनिक गरिएको छ । त्यसमा स्थानीय तहको निर्वाचनमा विजयी भएका वडाअध्यक्ष र प्रदेशसभामा निर्वाचित सांसदले मिलेमतो गरेको र आर्थिक लिएर भूमाफिायालाई जग्गा खरिद गर्न अनुमति दिएको आरोप लगाइएको छ ।

प्रतिक्रियाहरु