हराएका राहदानी नम्बर इन्टरपोलमा राखियो

२०७१ भाद्र ११ गते, बुधबार


काठमाडौं, ११भदौं । हराएको राहदानी पुनः भेटेर प्रयोगमा ल्याए वा अरु कसैले प्रयोग गरेमा त्यस्तो व्यक्ति विश्वको कुनै पनि अध्यागमनमा पक्राउ पर्ने भएका छन् ।राहदानी विभागले हराएको सबै विवरण इन्टरपोलमा राख्ने प्रक्रिया मंगलबारदेखि थालेको हो ।राहदानी हरायो भनी आवेदन दिनेको संख्या बढेपछि त्यसको नियन्त्रण र दुरुपयोग रोक्न विभागले राहदानी नम्बर नेपाल प्रहरीको सहयोगमा इन्टरपोलमा राख्न थालेको हो ।
‘सबै प्रक्रिया पुरा भो, अब हराएका सबै राहदानी नम्बर इन्टरपोलमा रहनेछ,’ विभागका महानिर्देशक रमेशप्रसाद खनालले भने ।‘एउटै व्यक्तिले ६ महिनामा तीन–चार राहदानी हुने भएपछि समस्या आउने भएकाले विभागले यस्तो निर्णय लिएको हो’ उनले भने ।
म्यानपावरमा राहदानी बुझाउन नपर्ने भएपनि नेपालीले राहदानी बुझाउने प्रवृति भएकाले हराउने समस्या आएको विभागका एक अधिकारीले बताए । स्रोतका अनुसार केही व्यापारीले जानेर वा नजानी तीन चारवटा राहदानी बनाएर बसेका छन् ।

प्रतिक्रियाहरु