हराइरहेका अमेरिकी पत्रकारको इस्लामिक लडाकुद्वारा हत्या

२०७१ भाद्र ४ गते, बुधबार


काठमाडौं । सन् २०१२ देखि हराइरहेका अमेरिकी पत्रकार जेम्स फोलेको हत्या गरिएको छ । सिरिया र इराकको द्वन्द्वग्रस्त क्षेत्रमा रहेर समाचार संकलन गरिरहेका उनलाई इस्लामिक स्टेटका लडाकु समूहले हत्या गरेको हो ।फोलेको हत्या गरिएको दृष्य उक्त समूहले अनलाइन मार्फत सार्वजनिक गरेको हो । इराकमा इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको हवाई आक्रमणको बदला लिन पत्रकार फोलेको हत्या गरिएको उक्त समूहले जनाएको छ ।सार्वजनिक भिडियो सत्य रहेमा अमेरिकाले त्यसको बदला लिएरै छोड्ने ह्वाइट हाउसले जनाएको छ । मध्यपूर्वको द्वन्द्वका विषयमा लगातार समाचार संकलनमा केन्द्रित पत्रकार फोले अमेरिकाको ग्लोबल पोष्ट, एफपीलगायत सञ्चारसंस्थासँग आवद्ध थिए ।
त्यसअघि सन् २०११ मा लिबियामा रहँदा पनि फोले केही समय बन्दी बनाईएका थिए । उता फोलेकी आमाले भने सिरियन जनताले पाइरहेको दुःख विश्वसमक्ष उजागर गर्ने सन्दर्भमा आफनो छोराको हत्या गरिएतापनि आफूले त्यसलाई गर्वको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन् ।

प्रतिक्रियाहरु