हत्या प्रयासको आरोपी नौं महिने बालकले सफाइ पाए

२०७० चैत्र २९ गते, शनिबार


काठमाडौं, २९ चैत। पाकिस्तानको एक अदालतले नौं महिने बच्चालाई हत्या प्रयास आरोपमा सफाइ दिएको छ ।मोहम्मद मूसा खानसँगै परिवारका १२ सदस्यविरुद्ध हत्याको योजना बनाएको, पुलिसलाई धम्क्याएको र सरकारी काममा हस्तक्षेप गरेको आरोप लागेको थियो । मूसा खानलाई शनिबार दोस्रो पटक अदालतमा पेश गरिएको थियो । पहिलो पटक अदालतमा उपस्थित गराउँदा १० महिने बालक आफ् बाबुको काखमा खेल्दै गरेको तस्वीरहरु सार्वजनिक भएको थियो । उनी बोटलको दूध खाइरहेका थिए ।तर, न्यायाधीशले यो मुद्दालाई अदालतमा ल्याउन नपर्ने थियो भनेका छन् । यसअघि प्रहरी प्रमुखले घटनाको छानविन गरी अधिकारीहरुलाई कारबाही गर्न आदेश दिएका थिए ।मूसा खानसहित ३० जनाविरुद्ध लाहोरमा विद्युत र ग्यास आपूर्तिलाई लिएर प्रदर्शनका क्रममा प्रहरी अधिकारीको हत्या प्रयास गरेको आरोप लागेको छ ।

प्रतिक्रियाहरु