हत्यारामाथि कारबाही नभएसम्म अनशन बसिरहन्छौं: तामाङ दम्पत्ति

२०७१ भाद्र १४ गते, शनिबार


काठमाडौं । आफ्नो छोरी सुशीलाको बलात्कारपछि हत्या भएकाले हत्यारमाथि कारबाही हुनुपर्ने भन्दै अनशनमा बसेका नुवाकोट बेलकोटमा पञ्वीर तामाङ र उनकी श्रीमती र्साईंली मायाका बारेमा कसैले सुनेका छैनन् । उनीहरुको अनशन सम्बन्धित कुनै निकायको आँखामा पनि परेको छैन । कुनै डलरवादी र एनजिओमा पहँुच नभएकै कारण उनीहरु ओझेलमा परेका छन् । तामाङ दम्पत्तिले छोरी सुशीलाको बलात्कारपछि हत्या भएकाले हत्यारमाथि कारबाही हुनर्ुपर्ने माग राखेर गत जेठ ३१ गतेबाट अनशन थालेका हुन् । काठमाण्डौ कोटेश्वरका विजयमान श्रेष्ठको घरमा घरेलु कामदारका रुपमा बसेकी सुशीलाको २०७० साल माघ २६ गते हत्या रहस्यमय मृत्यु भएको थियो, श्रेष्ठकै घरमा । तामाङ परिवारले सुशीलाको मृत्यु नियोजित भएकाले छानबिन गरी दोषीमाथि आवश्यक कानुनी कारबाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा श्रेष्ठसहित केहीलाई पक्राउ गर्यो । तर आवश्यक प्रमाण नपुगेको भन्दै छाडिदियो । श्रेष्ठ पहुँचका आधारमा कानुनी कारबाहीबाट बच्दै आएको पीडितको गुनासो छ । बलात्कारपछि हत्या गरेर कोठाको झलायमा झुण्डाएको आरोप उनीहरुको छ । श्रीमती सुत्केरी भएका बेला श्रेष्ठले आफ्नी छोरीको बलात्कार गरेको आमा र्साईंलीले बताइन् । छोरीले गाउँकै स्कुलबाट चार वर्षगाडि एसएलसी पास गरेकी हो । गाउँमा प्लस टु थिएन । मेरी दिदीकी छोरी तारा कोटेश्वरको विजयमान श्रेष्ठको घरमा डेरामा बस्थिन । उनलाई घरभेटीकी श्रीमती स्मृति श्रेष्ठले आफूलाई घरमा काम गर्ने ‘केटी’ चाहिएको बताइछन् । ताराले हाम्री छोरीका बारेमा भनेपछि स्मृति आफैंले फोन गरेर तपाईंकी छोरीलाई काठमाडौं पठाइदिनुस् । हाम्रोमा काम गर्छिन, हामी प्लस टु पढाइदिन्छौं भनिन । हामीले खुसी भएर पठाइदियौं । गाउँमा नजिकै प्लस टु थिएन । उसलाई पढाउने आर्थिक आधार पनि हामीसँग थिएन । त्यसैले छोरी श्रेष्ठ परिवारको जिम्मा लगायौं ।
छोरीले प्लस टु पास गरी । बीए दोस्रो वर्षा पढ्दै थिई । हामी खुसी नै थियौं । चार वर्षा एकपटक पनि घर आउन दिएनन् । कहिलेकाहीं फोनमा कुरा हुन्थ्यो । घर नआए पनि छोरीले पढेकी छ भनेर चित्त बुझाएर बस्यौं । माघको २२ गते छोरीले फोन गरेर मलाई काठमाण्डु बोलाएकी थिई । म स्वास्थ्य स्वयंसेविकाको काम गर्छु त्यतिबेला गाउँमा हात्तीपाइलो रोगविरुद्धको औषधि वितरण गर्ने कार्यक्रम थियो । त्यो सकेर केही दिनपछि आउँछु भनें । हुन्छ भनेकी थिई । माघ २६ गते विजयलालले टेलिफोन गरेर तपाईंकी छोरीको दर्ुघटनामा मृत्यु भयो, तत्काल काठमाण्डु आउनुपर्यो भने । हामी दुवैजना -श्रीमान-श्रीमती) हतारहतार काठमाण्डु आयौं । हामी आउँदा शव प्रहरीले पोष्टमार्टका लागि टिचिङ अस्पताल लगिसकेको रहेछ । हामीलाई दुघटना भनियो, तर छोरीको मृत्यु घरमै भएको रहेछ । हत्या गरेर उसलाई झयालमा झुण्डाएर राखेको तारा -दिदीकी छोरी) ले देखेकी रहिछन् । तारालाई छोरीले बारम्बार भनेकी रहिछ, बलात्कारमा परेकोबारे । तर हामीलाई भनिन । उसले भन्न सकिन होला । घटनाको केही दिनपछि हामीलाई शव जिम्मा लगाइयो । त्यतिबेलासम्म घटनाको सबै प्रमाण नष्ट गरिसकिएको थियो । हाम्री छोरी दुघटनामा मरेको भन्नेले हतारहतार किन प्रहरी बोलाएर शव अस्पताल पठाए – हामीलाई घटना भएको भनिएको ठाउँमा किन शव देखाइएन – हामी गएको जेठ ३१ गतेबाट छोरीका हत्यारालाई कारबाहीको माग गरेर अनशन बस्दै आएका छौं । तर कसैले हाम्रो आवाज सुनेका छैनन् । जबसम्म छोरीका हत्यारामाथि कारबाही हुँदैन तबसम्म हामी अनशन बसिरहन्छौं ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार