हतारमा जलविद्युत सम्झौता गर्दा अर्को राष्ट्रघात हुन सक्छ

२०७१ श्रावण ९ गते, शुक्रबार


काठमाडौं, ९ । परराष्ट्र मामिलाका विज्ञ र राजनीतिज्ञहरुले भारतसँग हतारमा जलविद्युत विकास सहयोग सम्झौता गर्दा अर्को राष्ट्रघात हुनसक्ने भन्दै चिन्ता ब्यक्त गरेका छन् ।अर्को साता हुने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि एजेण्डा तय गर्न भारतीय विदेशमन्त्री सुष्मा स्वराज काठमाडौंमा रहेको बेला नेकपा–माओवादीले भारतसँग षड्यन्त्रपूर्ण रुपमा जलस्रोत विकासमा सहयोग सम्बन्धी सम्झौता गर्न लागिएको भन्दै गम्भीर असहमति जनाएको छ ।माओवादी नेता धर्मेन्द्र बास्तोलाले नेपालको जलस्रोतलाई भारतको पोल्टामा पार्ने किसिमले गर्न लागिएको सम्झौता कुनै हालतमा लागू गर्न नदिने चेतावनी दिए ।लोहनी र बास्तोलाले लामो समयपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको भ्रमण स्वागतयोग्य भएको भन्दै त्यसलाई दुई देशबीचको असमझदारी र सीमा विवाद समाधान गर्ने दिशामा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
यसैगरी पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भारतले तीन महिनाअघि पठाएको सम्झौताको मस्यौदालाई उर्जामन्त्री राधा ज्ञवालीले गोप्य राखेको र अहिले आएर हतारमा सम्झौता गर्ने तयारी गरेको भन्दै फेरि गण्डक र कोशीमा जस्तै राष्ट्रघात हुनसक्ने आशंका गरे ।उनले भारतसँग सन् १९९७ मा विद्युत व्यापार सम्झौता भइसकेको भन्दै फेरि त्यस्तै सम्झौता आवश्यक नभएको स्पष्ट पारे । नेपालले सन् २०१० मा प्रस्ताव गरेको सम्झौताको मस्यौदालाई भारतीय पक्षले चासो नदिएर नेपाललाई आघात पर्ने गरी द्धिविधापूर्ण प्रावधान राखेर नयाँ प्रस्ताव पठाउनु शंकास्पद भएको पनि उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु