हजारौ बालबालिका कूपोषणको शिकार

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौं, ९ भदौ ।नाइजेरियामा करिब ५० हजार बालबालिका कूपोषणका कारण मृत्युको मुखमा पुगेका छन् । संयुक्त राष्ट्रसंघीय बाल कोष ‘यूनिसेफ’का अनुसार चाड तालनजिकको क्षेत्रमा रहेका यी बालबालिका बोको हरामको सशस्त्र हिंसा र चरम खडेरीका कारण गम्भीर कूपोषणको शिकार भई मृत्युको मुखमा पुगेका हुन् । खतरामा परेका चार लाख ७५ हजारमध्ये बोको हरामले हिंसा मच्चाइरहेको उत्तरी नाइजेरियाको बोर्नो राज्यका मात्र ४९ हजार बालबालिकाको यसै वर्ष मृत्यु हुनसक्ने चेतावनी यूनिसेफले दिएको हो । ती बालबालिकालाई उपचार गराई मृत्युको मुखबाट जोगाउने हो भने तत्काल ३१ करोड डलरको सहायता जुटाउनुपर्ने यूनिसेफले जनाएको छ । तर अहिलेसम्म जम्मा चार करोड १० लाखमात्र जुटेको उसले जनाएको छ । यो रकम चाड, नाइजेरिया, नाइजर र क्यामरुनको सीमास्थित चाड ताल क्षेत्रका बासिन्दाका लागि आवश्यक परेको हो । – एजेन्सी

प्रतिक्रियाहरु