हङकङमा चीनले हस्तक्षेप गर्न सक्ने आशङ्का !

२०७६ श्रावण २९ गते, बुधबार

काठमाडौं , २९ साउन । हङकङमा सरकारको विरोधमा भइरहेको प्रदर्शनका कारण हवाई सेवा प्रभावित भएको छ । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् । प्रदर्शनकारीले विमानस्थल पुग्ने मार्गहरू घेराबन्दी गरेका कारण यात्रु विमानस्थलसम्म पुग्न नसकेको र यसले सेवा प्रभावित भएको जनाइएको छ । हङकङमा लगातार ११ औँ सातादेखि प्रदर्शन हुँदै आएको छ ।
यसैबिच चीनले हङकङको सीमा क्षेत्रमा आफ्ना सुरक्षाकर्मी तैनाथ गरेको छ । चीनको सरकारी सञ्चारमाध्यमले प्रकाशित गरेको तस्बिरमा सैनिक तथा प्रहरीको दस्ता सीमा क्षेत्रको शेन्जेन सहरमा पुगेको देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुप्तचर सूचनामा चीनले हङकङसँगको सीमा क्षेत्रमा सेना तैनाथ गरेको जानकारी आएको ट्विटमा उल्लेख गरेका छन् । मुख्य गरी विमानस्थलको बाहिरी क्षेत्रमा केन्द्रित भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका खबर पनि छन् । प्रहरीले पेपर स्प्रे प्रहार गरेको जनाइएको छ । – एजेन्सी

प्रतिक्रियाहरु