हङकङको आन्दोलमा वाहिरी घूषपैठ भएको आरोप

२०७१ कार्तिक ३ गते, सोमबार


काठमाडौं । हङकङमा जारी प्रजातान्त्रिक आन्दोलनमा बाहिरी शक्ति संलग्न रहेको आरोप त्यहाँको सरकारले लगाएको छ । हङकङका प्रशासक सी वाई लेउंगले तीन हप्तादेखि जारी विद्यार्थी आन्दोलनमा बाहिरी व्यक्तिको घूषपैठ भएको आरोप लगाएका हुन् ।
आन्दोलनका कारण जनजीवन ठप्प हुनुका साथै अवस्था नियन्त्रणबाहिर जान थालेको प्रतिक्रिया दिए ।प्रदर्शनकारीहरु सन् २०१७ को निर्वाचन पूर्ण प्रजातान्त्रिक ढंगले गर्नुपर्ने पक्षमा रहेका छन् भने चीन आफूले तोकेको उम्मेदवारका बीचमा मात्र निर्वाचन गर्नुपर्ने पक्षमा छ । प्रदर्शनकारी र हङकङ प्रशासनबीच भोलि वार्ता हुने र त्यसलाई प्रत्यक्ष प्रशारण गरिने भएको छ ।

प्रतिक्रियाहरु