स्वास्थ्य र शैक्षिक माफियाहरुले मच्चाएको लुट- जयकिशोर पोद्दार

२०७४ चैत्र २५ गते, आईतवार

देशमा दुईवटा स्वास्थ्य र शिक्षा नितिले जनतालाइ ठुलै सास्ती भोग्नु परेको छ । निजि र सरकारी गरि दुईभागमा बाडिएको शिक्षण सङ्स्था र स्वास्थ्य ब्यबस्थाले आम जनसमुदायलाइ स्वास फेर्न समेत गाह्रो बनाइ रहेको छ भने स्वास्थ्य र शैक्षिक माफियाहरुले पेस्कीको भरमा सरकार नै डगमगाइ दिने गर्छन। सरकार पनि तिनिहरु विरुद्ध जाने दुस्साहस गर्दैन। तिनीहरुको मिलि भगतले जनता सधै दबिएर नै बस्नु परेको यथार्थता हामी माझ छ । नयाँ सरकार बनेसंगै बिकास र समृद्धिको कुरा जता ततै सुनिन्छ । घोषणा पत्र देखी सरकार गठनसम्म आइ पुग्दा बिकास र समृद्धिका नारा भुलेका छैनन र त्यस्को मुल पक्ष स्वास्थ्य र शिक्षामाका लागी नितिगत रुपमा दुइ सब्द राख्ने जमर्को कसैले गर्दैन । त्यही बाट पनि सरकारको दयनिय अबस्थाको पुष्टि हुन्छ।
हामिले हाम्रो समाजमा देख्दै र भोग्दै आएको दुईवटा शिक्षा निति छन, एउटा निजि र अर्को सरकारी । निम्न बर्गहरुको पहुचमा रहेको सरकारी बिधालयहरु भने दिनानुदिन जिर्ण हुदै लोप हुने खतरा बढ्दै गएको छ भने त्यही निजि लगानीमा संचालित स्कुलहरु दिन दुई गुणा रात चौगुणाको स्तरमा वृद्धि भइ रहेको अबस्था छ। सत्तामा रहेकाहरुलाइ कमिसन भन्दा अरु चिन्ता नै छैन। अझ कुर्सीमा बसि ठुलो स्वरमा भन्छन ५ बर्षपछि कोहि पनि देश बाहिर जान पर्दैन, नेपाल मै रोजगारीको ग्यारेन्टी गरिन्छ । तर आधार शुन्य छ । रोजगारीको लागी पहिलो आबस्यकता हो शिक्षा तर शिक्षा निम्न वर्गको पहुच बाहिर छ। अशिक्षितलाइ रोजगार दिएर विकास गर्छु भन्नु बालुवा मात्रको पुल बनाउछु भन्नु जस्तै हो। शिक्षितहरुलाइ रोजगार दिएपनि निम्न बर्गले फेरि पनि खाडीको रातो हावा खानुको बिकल्प छैन, निम्न बर्गका लागी हालको सरकारसग कुनै योजना छैन भन्ने कुरामा हामी स्पष्ट हुन जरुरी छ।
पुजिपती बर्गका छोरा छोरीहरु गुणस्तरीय शिक्षा हासिल गर्न युरोप अमेरिकासम्म पहुच राख्न सक्छ्न भने निम्न बर्गले आफ्ना छोराछोरी सरकारि स्कुल मै पढाउन पनि खाडीमा खुनपसिना बगाउन पर्छ। पुजिवादीहरुको कालो धनले नै पनि युरोप र अमेरिकी शिक्षकहरुलाइ नेपाल ल्याइ हरेक नागरिकले गुणस्तरीय र प्राविधिक शिक्षा पाउने आधारहरु त प्रयाप्त छन तर यो सरकार बाट त्यो सम्भव छैन।
सरकारी शिक्षण सस्थाहरुमा गुणस्तरीय शिक्षा दिनु भनेको निजि लगानीमा चलेका स्कुलहरु धरासय हुनु हो, जस्को कमिसनमा सरकारमा बसेका हरुको हालिमुहाली छ । त्यसैलाइ धरासयमा पार्ने काम कसरी गरोस? नेपाली समाज पुर्ण रुपमा शिक्षित हुनुमा कमिसन बन्द हुने कतरा त छ नै राजनीतिक रुपमा पनि खतरा सबित हुने छ । हाल युवा युवतीहरु बिदेशिनुले मनपरी सासन सत्ता चलाउन जति सजिलो छ त्यो सम्भावना भोली रहदैन, यो कुरा हाल सत्ता संचालन गर्नेहरुलाइ राम्रो सग थाहा छ। त्यसैले त ८० बर्षेहरू सत्ताका प्रमुख पात्र बन्न सफल भएका छन।
स्वास्थ्य झन बढी लुटको अखडा बनेको हाम्रो देशमा निम्न बर्गको पहुच हुने कुरै भएन। हामीले हाम्रै ठाउमा देख्न र अनुभव गर्न सक्छौ कोहि पिन्ड रोगि भएर अकाल मै मर्नु परेको छ भने कोहि सामान्य ज्वरोमा सिटामुल किन्न लण्डन पुग्छन। बिषेस गरि जो स्वास्थ्यमा सबै पहुच पुर्‍याउछौ भन्दै जनतालाइ झुक्याएर पाँच बर्षसम्म निजि अस्पतालहरुको कमिसन खाएर डकार्दै बसेका हुन्छन । तिनिहरुमा बिदेशी सिटामोलको बढी डिमाण्ड हुन्छ। किनकि उनिहरुलाइ राम्रोसग थाहा छ नेपालको स्वास्थ्य व्यबस्थाको बारेमा। बर्सैनी दर्जनौ नेत हरु उपचार कालागी बिदेश जाने गर्छन। कारण उनिहरुलाइ नेपाली अस्पताल माथी विस्बास त नहुने नै भयो , दोस्रो सरकारी कोष रित्तिनुमा उनिहरुको के टाउको दुखाइ।
” हामिले बुझ्नै पर्ने महत्वपूर्ण कुरा केहो भने आफ्नो उपचारको सम्पुर्ण जिम्मेवारी राज्य कोषको छ, छोरा छोरीको पठन पाठान फोनको भरमा हुन्छ। निजि अस्पताल र बिधालयले जनताबाट लुटेको पैसाबाट मनपरि सन्चयकोष जमाउन सकिन्छ भने निति किन फेर्नु पर्‍यो?” एउटा नेता वा मन्त्री उपचार गराउन बिदेश जादा राज्यकोषबाट लाखौ करोडौ बजेट निकाशा गराइ उपचारसंगै हनिमुन मनाएर आउछन। यदि चाहने हो भने नेपालमा के सम्भव छैन ? तिनै नेता मन्त्रीहरुको करोडौको खर्चले बिदेशी चिकित्सकहरु ल्याएर नेपाली अस्पतालहरुमै सुविधा युक्त उपचारको व्यबस्था गर्न सकिन्छ र निम्न बर्गहरुको समेत पहुच पुर्‍याउन सकिन्छ। तर कस्ले गर्ने ? र किन गर्ने? पुजीवादीहरुको हातमा सत्ता हुनु यि दुइ मुख्य कारणहरु हुन । उनिहरु सरकारमा छैनन तर सत्ताको चावी उनिहरुकै हातमा छ । पैसा जनताबाट लुटेकै छन नेताहरु बिक्रि भएकै छ्न ।
हाम्रा तिन आधारभूत आबस्यकता शिक्षा, स्वास्थ्य र रोजगार। यदि गुणस्तरीय तथा बैज्ञानिक शिक्षा र स्वास्थ्यमा प्राविधिक रुपमा सुधार हुनेहो भने रोजगारको जिम्मा राज्यले लिनु पर्दैन जनता सक्षम भएर आफ्नो रोजगारीको ब्यबस्था आफै गर्न सक्ने छन।
सारमा भनौ जबसम्म बर्ग बैरी, वर्गीय असमानता, बर्गिय बिभाजन रहन्छ तबसम्म सत्ता सिमित पुजीवादीहरुको चङुलबाट बाहिर आउने छैन। सर्वहारा निम्नबर्गहरु मात्र जनता भएर दलिनुको बिकल्प छैन। अब प्रस्न यो हो सधै दलिएर बस्ने कि आफ्नो अधिकार प्राप्तीका लागी आबाज उठाउने? बर्गिय उत्थान त्यती सजिलो छैन, बर्सौदेखी जडा गाडेर बसेको पुजिबादले आज निगम पुजिबादको रुप लिइसकेको छ। तर त्यस्लाइ जरैदेखि उखेलेर फाल्ने क्षमता मात्र युवाहरुमा छ। त्यसैले वर्गिय उन्मुक्ति कालागी एकीकृत जनक्रान्तिको अभियानमा लाम्बद्ध हुन सम्पुर्ण युवा बर्गमा अपिल गर्दछु। क्रान्ती हाम्रै पालामा सम्भव छ, आउनुहोस हातमा हात मिलाएर अघि बढौ, सिमित निगम पुजिवादको अधिनायकवाद ध्वस्त पारौ। -लेखक: नेपाली जनप्रगतीशिल मोर्चा ,कतारका उपाध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु