स्वाजील्याण्डको नाम फेरियो

२०७५ बैशाख ७ गते, शुक्रबार

काठमाडौं, ७ वैशाख । अफ्रिकी मुलुक स्वाजील्याण्डको नाम परिवर्तन गरिएको छ । त्यहाँका राजा मस्वाती तृतीयले देशको नाम परिवर्तनको घोषणा गरेका हुन् । राजा मस्वातीले देशको नाम बदलेर ‘द किंगडम अफ इस्वातिनी’ राखिएको घोषणा गरेका छन् । देश स्वतन्त्रताको ५० वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा राजाले देशको नाम बदलिएको अप्रत्याशित घोषणा गरेका हुन् ।
इस्वातिनीको अर्थ स्वाजीहरुको भूमि भन्ने हो । राजा मस्वातीले देशको नाम परिवर्तनको घोषणा अहिले गरे पनि उनी यसअघि नै स्वाजील्याण्डलाई इस्वातिनी नै भन्ने गर्दथे । सन् २०१७ मा संयुक्त राष्ट्रसंघमा सम्बोधन गर्दा, सन् २०१४ मा संसदको उद्घाटन गर्दा पनि उनले यही नामले सम्बोधन गरेका थिए । देशको नाम फेरिएकामा रुष्ट बनेकाहरु भने राजाको ध्यान देशको नाम फेर्नेतिर भन्दा मुलुकवासीको विकास र सम्मृद्धिमा जानुपर्ने टिप्पणी गरेका छन् ।
सोभुजा द्वितीयका छोरा राजा मस्वातीका १५ वटी श्रीमती छन् । ८२ वर्षको उमेरसम्म शासन गरेका मस्वातीका बाबुको भने १२५ श्रीमती थिए । बेलायत अधिनस्थ यो मुलुक सन् १९६८ मा स्वतन्त्र भएको थियो । -एजेन्सी

प्रतिक्रियाहरु