स्वाइन फ्लूको संक्रमण

२०७५ पुष ३० गते, सोमबार

काठमाडौं, ३० पुस । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल टेकुका अनुसार काठमाडाैँलगायत देशका विभिन्न भागमा स्वाइन फ्लूको संक्रमण देखिएको छ । स्वाइन फ्लुको नामले चिनिने एच वान एन वान भाइरसको कारण काठमाडौंमा केही बिरामीको मृत्यु भएको अस्पतालले जनाएको छ । यद्यपि यकिन तथ्यांक सार्वजनिक गरिएको छैन । अहिले पनि विभिन्न अस्पतालमा स्वाइन फ्लूका विरामीको उपचार भइरहेको बताइएको छ । रामेछाप, बारा लगायत जिल्लाबाट अस्पताल पुगेका विरामीका स्वाइन फ्लुको संक्रमण देखिएको बताइएको छ । जाडो महिना लागेसँगै स्वाइन फ्लुको संक्रमण बढेको बताइएको छ ।

प्रतिक्रियाहरु