स्ववियु निर्वाचनका लागि उमेदवारी दर्ता हुदै

२०७३ फाल्गुन १४ गते, शनिबार

काठमाडौ , १४ फागुन । आजवाट स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुदैछ । आगामी फागुन १८ गतेका लागि तय भएको स्ववियु निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्य भै रहेको छ । आज बिहान १० देखि स्ववियु निर्वाचन हुने काठमाडौं उपत्यका सहित देशभरका त्रिवि आङिगक क्याम्पसहरुमा उम्मेदवारी दर्ता सुरु भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज अपरान्न ३ बजेसम्म प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी मनोनयन गर्ने र साँझ ५ बजे प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशन गरिने रहेको छ । यस्तै भोली बिहान ८ बजेदेखि १० बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी विरोध गर्ने समय तोकिएको छ । मध्यान्न १२ बजे उम्मेदवारको दाबी विरोधमाथि छानबिन गरी नामावली प्रकाशन गरिने छ । भोली दिउँसो १२ बजेदेखि ३ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय दिएको त्रिबिले साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरुमा आगामी फागुन १८ गते २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अनुसार स्ववियु निर्वाचन हुँदैछ ।

प्रतिक्रियाहरु