स्ववियु चुनाव गराउ : सर्वोच्च

२०७२ बैशाख ८ गते, मंगलवार

काठमाडौं ,८ वैशाख । सर्वोच्च अदालतले स्वतन्त्र विद्यार्थी युनियनको चुनाव तीन महिनाभित्र गर्न परमादेश जारी गरेको छ ।प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चालेन्द्र शमशेर जबराको संयुक्त इजलासले सरकार र भित्रुवन विश्वविद्यालयका नाममा परामादेश जारी गरेको हो । सर्वोच्चले यसअघि तत्कालीन स्ववियुका पदाधिकारीलाई कुनै काम कारबाही नगर्न अन्तरिम आदेश दिएको थियो ।
देशभरका आंगिक क्याम्पसहरुमा ६ वर्षदेखि स्ववियु चुनाव भएको छैन । त्रिविले गत वर्ष जेठमा घोषणा गरेको चुनाव गराउन नसकेपछि अखिल छैटौंका विद्यार्थीहरुले सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु