स्वरोजगार कोषका गुरागाई अबैध रकम उठाउदै

२०७१ असार ७ गते, शनिबार


काठमाडौँ । वेरोजगार युवाहरुलाई रोजगार दिने तथा साना व्यवसाय संचालन गर्नदिएर स्वरोजगार बनाउने उद्देश्यले संचालित युवा स्वरोजगार कार्यक्रम अलपत्र परेको छ । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टर्राईको पालामा अर्थमन्त्रालयले संचालन गरेको कार्यक्रम लक्षित वर्गको पहुँचमा नपुग्दै पर्ूण्ारुपमा असफल भएको छ । वेरोजगार युवाप्रति लक्षित कार्यक्रम भनिए तापनि वास्तविक वेरोजगार युवाहरु भने अझैसम्म रोजगार नपाएर भौतारिरहेका छन् । स्वरोजगार कोष पहुँचवाला सिमित व्यक्ति र कोषका उच्च पदस्त कर्मचारीहरुको ठगि खाने संस्थाको रुपमा परिणत भएको छ । स्वरोजगार कोषमा कोषका कार्यकारी निर्देशक बिनोद गुरागाइले ब्रम्ह लुट मच्याएका छन् । कोषमा गुरागाइले गरेको ब्रम्हलुटको बारेमा विभिन्न पत्र पत्रिका र अनलाइनमा सुबदसहित समाचार प्रकासन भएपनि अहिलेसम्म न अर्थमन्त्रालयले छानबिन थालेको छ, न अख्तियारले नै चासो छानबिनको लागि चासो देखाएको छ । यतिबेला स्वरोजगार कोषमा दिन दुइ गुणा रात चौगुनाका दरले अनियमितता भइरहेको कोष सम्बद्ध कर्मचारी बताउँछन । बिगतमा कारबाही पर्ने भएपछि राजिनामाको नौटंकी रचेर बचेका गुरागाई अहिले फेरी कोषमा ब्रम्ह लुट मच्याउन पुगेका छन् । स्वरोजगार कोषले विभिन्न वैक तथा सहकारीहरुलाई रोजगारी प्रदान गर्ने भन्दै अर्वौँ रुपैयाँ लगानी गरेको छ । तर पैसा लाने निकायहरु भने वेराजगार नागरिकलाई रोजगार दिन भन्दा कार्यकारी निर्देशक बिनोद गुरागाइसँग मिलेर लगेको पैसा पचाउने मेलोमा लागेका छन् । आर्थिक वर्षो अन्त्यसँगै अहिले निर्देशक गुरागाई कोषले लगानी गरेका सहकारीसँग कमिशन उठाउन लागि रहेका छन् । कहिले सहकारी अनुगमनको नाममा रकम असुल्ने त, कहिले बेरोजगार कोषको लगानी अनुगमन गर्ने भन्दै गुरागाईले लाखाँै रुपैयाँ अबैध रुपले उठाइसकेको कोष सम्बद्ध कर्मचारी बताउँछन । निर्देशक गुरागाईले आफ्ना नाता गोताका मनिसहरुलाई अनुगमन कार्यमा खर्टाई रकम असुल्ने गरेको कोष सम्बद्ध कर्मचारी बताउँछन् । हालसम्म स्वरोजगार कोषवाट रकम लैजानेमा किष्ट बैँक, विजुली वजार, १० करोड, मधुवन वचत तथा ऋण सहकारी संस्था लि., गुल्मी ३ करोड, राइजिङ डेभलपमेण्ट बैँक, नारायणगढ ५ करोड, ज्योति विकास वैँक, कमलादी ५ करोड, एन.डिइपी.डेभलपमेण्ट बैँक कमलादी ७ करोड, साना किसान विकास वैँक तिनकुने १ अर्व, नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नयाँ बानेश्वर ५ करोड, मिसन डेभलपमेण्ट वैँक बुटवल १ करोड, हाम्रो विकास वैँक लिमिटेड नुवाकोट १ करोड, मजदुर सहिद स्मृति बचत तथा ऋण सहकारी संस्था लि. तिनकुने ५ करोड, जनउत्थान सामुदायिक लघु वित्त विकास वैँक वुटवल ३० लाख, राष्ट्रिय सहकारी वैँक कुपण्डोल ७ करोड, त्रिवेणी विकास वैँक नारायणगढ १ करोड, एपेक्स विकास वैँक लि. दरवारमार्ग ५ करोड, मेगा वैँक लिमिटेड कान्तिपथ ५ करोड, गौमुखी विकास वैँक प्युठान १ करोड, हिमशिखर वचत तथा ऋण सहकारी संस्था ललितपुर ५ करोड, कसमस डेभलपमेण्ट वैँक लि. गोरखा १ करोड ७५ लाख, कृषि विकास वैँक रामशाह पथ १ अर्व, हिमालय फाइनान्स वागदरवार ५ करोड, नेपाल केन्द्रीय जडिवुटी सहकारी संघ लि. नयाँ वानेश्वर ५ करोड, केन्द्रीय दुग्ध सहकारी संघ लि. वानेश्वर ५ करोड, नेपाल वैँक लि. भूगोलपार्क १ अर्ब, राष्ट्रिय वाणिज्य वैँक रामशाह पथ १ अर्व, रहेका छन् । यसरी वेरोजगार युवालाई स्वरोजगार पार्न भनी संचालित यस कार्यक्रममा सरकारले अर्वौँ रुपैयाँ लगानी गरेको छ । तर ति रकम वालुवामा पानी खन्याए जस्तो भएको छ । लक्षित वर्गअझै पनि सो कार्यक्रममा सहभागि हुन नपाउदा एवं त्यहाँ सम्म पहुँच नपुग्दा पुपरोमा हात राखेर वसेका छन् भने यो पैसामा चलखेल गर्नपाएका बैँक तथा वित्तिय संस्थाहरु लाखौँले रोजगार पाएको भ्रम फिजाँइ रहेका छन् भने यो कार्यक्रम संचालन गर्न सरकार पनि लाखौँ युवा स्वरोजगार भएको कागजी प्रतिवेदन हेरेर फाइभस्टार होटलमा मस्ती गरिरहेको छ । तर्सथ हामी कोषका कार्यकारी निर्देशक बिनोद गुरागाइलाई सोध्छौँ – कति जना वास्तविक वेरोजगार युवालाई स्वरोजगार बनायौँ अनि सोधि रहेछौँ करोडौँ पैसा लाने वैँकवाट कति जनाले रोजगारी पाएका छन् – फेरि सोधि रहेका छौँ स्वरोजगार कार्यक्रमको लागि लगिएको करोडौँ पैसाको खर्चको अनुगमन कसले गरिरहेको छ । यसको जवाफ कसले दिने – दिनमा सयौँ युवा खाडी मूलुकमा विदेशिएका छन् भने जिल्ला सदरमूकाम र राजधानी लगायत मूख्य सहरमा वेरोजगार युवाको संख्या लाखौँ छ तर पनि वेरोजगार युवालाई रोजगार दिन ठेक्का लिएको दावी गर्न स्वरोजगार कोष र कोषवाट करोडौँ लगेका बैँक तथा सहकारीलाई भने कुनै मतलब छैन । कोही युवा पैसाको लागि गएमा दर्जनौँ बखेडा झिकी त्यतिकै पठाउन सम्बन्धीत निकाय लागि परेको वेरोजगार युवाहरुको गुनासो छ । जून वर्गलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको हो त्यही वर्गलाई नसमेटेपछि त्यस कार्यक्रमको के अर्थआज चोक चोकमा वेरोजगार युवा प्रश्न गर्नथालेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु