स्वचालित यात्रीबस दुर्घटनामा

२०७४ कार्तिक २३ गते, बिहीबार

काठमाडौं, २३ कात्तिक । अमेरिकाको लास भेगस सहरमा एउटा स्वचालित यात्रीबस आफूले सेवा दिएको पहिलो दिनमै दुर्घटनामा परेको छ । कैयौं यात्रुहरु सवार भनिएको उक्त चालकरहित बस परीक्षण कै क्रममा सुस्त गतिमा गुडिरहेको एउटा लरीसँग ठोक्किएपछि दुर्घटनामा परेको हो । तर, बसमा सवार सबैजना शकुसल रहेका छन् । लरीका चालकले गरेको गल्तिका कारण दुर्घटना भएको र ती चालकलाई कारबाही गरिएको प्रहरीले बताएका छन् । ‘नाभ्या’ नामक कम्पनीले निर्माण गरेको उक्त बसको परीक्षण लन्डनमा समेत भइरहेको जनाइएको छ ।
‘बीबीसी’का अनुसार उक्त चालकरहित यात्रीबस अमेरिकाको सार्वजनिक सडकमा पहिलोपटक गुडाइएको हो । गुगलको प्रमुख कम्पनी ‘अल्फाबेट’ले फिनिक्स एरिजोनामा चालकरहित ट्याक्सी सन्चालनमा ल्याउने घोषणा गरेको एक दिनपछि उक्त दुर्घटनाको भएको हो । ४५ किलोमिटर प्रति घन्टा अधिक्तम गति रहेको उक्त बसमा बढीमा १५ जना यात्रु चढ्न मिल्छ । ‘सिटी अफ लास भेगस’का प्रवक्ताले बस र लरी सामान्य रुपमा ठोक्किएको र नियमित जाँचपछि उक्त चालकरहित बस बिहीवारबाट सन्चालनमा आउने बताएका छन् । उनले भनेका छन्, ‘एउटा गल्लीबाट सामान पुर्‍याउने ट्रक आइरहेको थियो । उक्त बस लरीलाई देखेर रोकियो, उसले गर्नुपर्ने पनि त्यहि थियो । तर, दुर्भाग्यवश चालकको मानवीय त्रुटिका कारण ट्रक रोकिएन ।’

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार