स्मार्ट लाइसेन्स नै नक्कली !

२०७५ श्रावण ५ गते, शनिबार

काठमाडौं, ५ साउन ।ललितपुर ट्राफिक प्रहरीले यो साता दुई जनालाई नक्कली स्मार्ट कार्ड लाइसेन्सहित पक्राउ गरेको छ । ट्राफिक चेकिङका क्रममा सातदोबाटोबाट निर्माण सामाग्री बोकेर बा४ख ७१२९ नम्बरको मिनीट्रकका चालक प्रविन स्याङ्तान र ग्वार्कोबाट बा५ख २८५४ नम्बरको मिनीबस चालक चक्र नेपाली पक्राउ परेका हुन ।
दुवैलाई थुनामा राखेर अनुसन्धान भइरहेको छ । ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु भन्छन,‘स्मार्ट कार्ड नै नक्कली फेला परेपछि चकित भएँ । पहिलो पटक दुई जना पक्राउ परेका छन् । अरुपनि हुन सक्छन, चेकिङ कडा बनाएका छौं ।’ उनले लाइसेन्स सक्कली कि नक्कली भनी जाँच गर्ने मेसिन नहुँदा समस्या भएको बताए । -कान्तिपुर दैनिकबाट

प्रतिक्रियाहरु