स्नातक तेस्रो वर्षको परीक्षा जेठ ३१ देखि हुने

२०७२ जेष्ठ १२ गते, मंगलवार

काठमाडौं, १२ जेठ । स्नातक तेस्रो वर्षको परीक्षा यही जेठ ३१ गतेदेखी हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यायलको मंगलबार बसेको बैठकले परीक्षाको मिति तोकेको हो । भूकम्पका कारण विद्यार्थी मानसिक रुपमा परीक्षा दिन तयार नभएको भन्ने कुरा उठिरहेका बेला जेठ भन्दा ढिलो गरेर परीक्षा सञ्चालन गर्दा क्यालेण्डर प्रभावित हुने भएकाले परीक्षा सुरु गर्ने निर्णय गरिएको कार्यालयका एक जना पदाधिकारीले जानकारी दिए ।
त्रिवि मातहतका सबै क्याम्पसले परीक्षा सञ्चालन गर्न सक्ने बताएपछि परीक्षाको मिति तय गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षाको तालिका भने बिहीबारसम्ममा सार्वजनिक गरिनेछ । शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी, विज्ञान, कानुन संकायमा स्नातक तह तेस्रो वर्षमा नियमित र इक्जामटेड गरी झण्डै साढे ३ लाख परीक्षार्थी छन् ।

प्रतिक्रियाहरु