स्थानीय प्रशासक र अधिकारी गिरफ्तारीमा पर्ने चेतावनी

२०७४ जेष्ठ ७ गते, आईतवार

काठमाडौं, ७ जेठ । नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङका जिल्ला इन्चार्ज आशिषले मेची ब्यूरो सदस्य रामकुमार चुँडाललाई बिना सर्त रिहाई नगरिए स्थानीय प्रशासक र अधिकारीहरु पनि गिरफ्तारीमा पर्ने चेतावनी दिएका छन् । “आज २०७४ साल जेठ ६ गते दिउँसो ३ बजेतिर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, मेची ब्यूरो सदस्य रामकुमार चुँडाललाई बिना कारण पक्राउ पूर्जीबिना आफ्नो घरमा बसिरहेको अवस्थामा आज दिउँसो सादा पोशाकमा आएका प्रहरीको समुहले गिरफ्तार गरेको छ । यसरी आफ्नो घरमा बसिरहेको अवस्थामा बिना कारण पक्राउ गर्नुको उद्धेश्य के हुन सक्छ ? सरासर स्थानीय प्रशासनको दादागिरी हो । यदि रामकुमार चुँडाललाई बिना सर्त तुरुन्त प्रशासनले रिहाई नगरे विभिन्न संघर्षका कार्यक्रम गर्न नेपाल कम्युनिष्ट पार्टी बाध्य हुनेछ । जहाँबाट उत्पन्न हुने असहज परिस्थिति र घटेका सम्पूर्ण घटनाको जवाफदेहि र जिम्मेवार नेपाल सरकारका र स्थानीय प्रशासन हुनेछ ।” जिल्ला इन्चार्ज आशिषद्धारा हस्ताक्षर गरिएको शनिबार प्रकाशन गरिएको विज्ञप्तिमा भनिएको छ ।
शनिबार साँझ एक विज्ञप्ति जारी गरी सो चेतावनी दिएका हुन् । विभिन्न स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई बिना कारण गिरफ्तार गरी सार्वजानिक मुद्धा लगाईएको प्रति कडा चेतावनी दिइएको छ । यदि गिरफ्तार गरिएको चुँडालको तत्काल रिहाई नगरिए स्थानीय प्रशासक र अधिकारी समेत गिरफ्तारीमा पर्ने कडा चेतावनी जिल्ला इन्चार्ज आशिषले दिएका छन् ।
“कथित स्थानीय तहको निर्वाचन विरोधीको प्रमाणरहित आरोममा प्रशासनबाट गिरफ्तार गरिएका साथीहरूलाई बिना सर्त रिहाईको नेपाल कम्युनिष्ट पार्टी, जिल्ला संगठन समिति ताप्लेजुङ जोडदार माग गर्दछ । यदि यो मागको सम्बोधन नभए नेपाल कम्युनिष्ट पार्टीले पनि मौनताको सिमामा बसिहरनुको औचित्य देख्ने छैन । स्थानीय प्रशासनको रबैया प्रति कडा प्रतिवाद गर्न पछि हट्ने छैन । यो कृयाकलाप नरोकिएको खण्डमा स्थानीय प्रशासक र स्थानीय प्रशासनको व्यक्ति उपर निगरानी र नियन्त्रणमा लिने चेतावनी समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।” प्रेस विज्ञप्तिमा उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचन मिति घोषणा भए लगत्तैदेखि स्थानीय तहको खारेजी अभियान संचालन गरिरहेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन खारेजीको क्रममा कालिकोटमा धनरुप बटालालाई प्रहरीले हत्या गरेको छ । बटालालाई नयाँ जनक्रान्तिको पहिलो शहिद नेकपाले घोषणा गरिसकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङ जिल्लाका इन्चार्ज आशिषले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टीले देशका दलाल संसदीय व्यवस्थाको विरुद्धमा लड्दै आएको छ । कथित स्थानीय तहको निर्वाचन बहिस्कारको क्रममा विभिन्न स्थानबाट हाम्रो पार्टीका कार्यकर्तालाई गिरफ्तार गर्ने, सार्वजानिक मुद्धा लगाउने र विभिन्न मानसिक तथा शारिरीक यातना दिने जस्ता मानव अधिकार उलंघन जस्ता अमानवीय रवैया स्थानीय प्रशासनबाट भएको छ । यस प्रति नेपाल कम्युनिष्ट पार्टी घोर आपत्ति जनाउँछ ।
यसै क्रममा आज २०७४ साल जेठ ६ गते दिउँसो ३ बजेतिर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, मेची ब्यूरो सदस्य रामकुमार चुडाललाई बिना कारण पक्राउ पूर्जीबिना आफ्नो घरमा बसिरहेको अवस्थामा आज दिउँसो सादा पोशाकमा आएका प्रहरीको समुहले गिरफ्तार गरेको छ । यसरी आफ्नो घरमा बसिरहेको अवस्थामा बिना कारण पक्राउ गर्नुको उद्धेश्य के हुन सक्छ ? सरासर स्थानीय प्रशासनको दादागिरी हो । यदि रामकुमार चुँडाललाई बिना सर्त तुरुन्त प्रशासनले रिहाई नगरे विभिन्न संघर्षका कार्यक्रम गर्न नेपाल कम्युनिष्ट पार्टी बाध्य हुनेछ । जहाँबाट उत्पन्न हुने असहज परिस्थिति र घटेका सम्पूर्ण घटनाको जवाफदेहि र जिम्मेवार नेपाल सरकारका र स्थानीय प्रशासन हुनेछ ।
कथित स्थानीय तहको निर्वाचन विरोधीको प्रमाणरहित आरोममा प्रशासनबाट गिरफ्तार गरिएका साथीहरूलाई बिना सर्त रिहाईको नेपाल कम्युनिष्ट पार्टी, जिल्ला संगठन समिति ताप्लेजुङ जोडदार माग गर्दछ । यदि यो मागको सम्बोधन नभए नेपाल कम्युनिष्ट पार्टीले पनि मौनताको सिमामा बसिहरनुको औचित्य देख्ने छैन । स्थानीय प्रशासनको रबैया प्रति कडा प्रतिवाद गर्न पछि हट्ने छैन । यो कृयाकलाप नरोकिएको खण्डमा स्थानीय प्रशासक र स्थानीय प्रशासनको व्यक्ति उपर निगरानी र नियन्त्रणमा लिने चेतावनी समेत यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराइन्छ । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु