स्थानीय चुनाव असफल पारिदिने ठोकुवा

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौँ , ९ फागुन । नेकपा (माओवादी) का महासचिब विप्लवले स्थानीय चुनावको सशक्त प्रतिरोध गर्ने बताएका छन् । पार्टीको आठौ महाधिवेशनका लागी रोल्पाको थवाङमा रहेका विप्लवले रोल्पाबाटै बिज्ञप्ति प्रकाशित गर्दै स्थानीय तहको निर्वाचनलाई असफल पार्ने उदघोष गरेका छन । गाउँ गाउँमा आफ्नो जनसत्ता सञ्चालन भइरहेका बेला सरकारले स्थानीय तहको चुनाव घोषणा गर्नुको कुनै औचित्य नरहेको भन्दै उनले उक्त चुनाबलाई आफ्नो पार्टीले पूर्णतया असफल पारिदिने ठोकुवा गरेका छन् । स्थानीय तहमा आफ्नो पार्टीले सञ्चालन गरेको जनसत्ताले जनताका कामकारबाही अगाडी बढाइरहेको भन्दै विप्लवले पुरानो सत्ताको झल्को दिने गरी माओवादी नेतृत्वको सरकारले यदी बल मिच्याई गरे त्यसको परिणाम राम्रो नहुने भनाइ कडा चेतावनी दिएका छन् ।
यस बिषयमा विप्लवले जारी गरेको बिज्ञप्ति –

प्रतिक्रियाहरु